~~भारतको नयाँ दिल्लीबाट २४ नेपाली महिलाको उद्धार ===================================== भारतको नयाँ दिल्लीबाट २४ नेपाली महिलाको उद्धार गरिएको छ । कुबेत तथा युएई जाने प्रलोभनमा परेर दलालमार्फत भारत पुगेका २४ नेपाली महिलालाई उद्धार गरी बुधबार साँझ नेपाल फिर्ता पठाइएको हो । बाकी पढ्नुहोस् पुरा समाचार,,,!!!>>>

Posted by Anonymous on | 0 comments


भारतको नयाँ दिल्लीबाट २४ नेपाली महिलाको उद्धार गरिएको छ । कुबेत तथा युएई जाने प्रलोभनमा परेर दलालमार्फत भारत पुगेका २४ नेपाली महिलालाई उद्धार गरी बुधबार साँझ नेपाल फिर्ता पठाइएको हो । नयाँ दिल्लीको उत्तमनगर फेज–४, स्थित एक फ्ल्याटबाट हिजो साँझ पुलिसको क्राइम ब्रान्चको सहयोगमा उद्धार गरिएका उनीहरुलाई भारतस्थित नेपाली दूतावासले नेपाल फिर्ता पठाएको हो ।
उद्धार गरिएका महिलाहरुलाई माइती नेपालको नयाँ दिल्लीस्थित भगिनी संस्था माइती इण्डियाले बिहीबार नेपालगञ्ज प्रहरीको रोहबरमा बाँकेमा रहेको माइती नेपाल संस्थामा सुम्पने र त्यहाँबाट शुक्रबारसम्म माइती नेपालको काठमाडौंस्थित केन्द्रीय कार्यालय पुर्‍याएर आफन्तको जिम्मा लगाइने माइती इण्डियाकी निर्देशक अरमिना गुरुङले जानकारी दिनुभयो ।नेपालबाट सांसद कमलादेवी शर्माले दिएको सूचनाका आधारमा यी महिलाहरुको उद्धार गरिएको नेपाली दूतावासका काउन्सिलर ओमप्रकाश जोशीले जानकारी दिनुभयो । २४ जना मध्ये सुनिता (नाम परिवर्तन) एक महिलाले काठमाडौंमा सांसद शर्मालाई फोन गरेर कुवेत जान आएको र आफू दिल्लीमा अल्मलिएर बसेको एक साता बढी भइसकेको जानकारी गराएपछि उनलाई फर्काउन गरिएको प्रयासमा २४ महिलाहरुको उद्धार भएको जोशीले जानकारी दिनुभयो । उनीहरुको उद्धारका क्रममा त्यहाँ नदेखिएका अन्य २१ नेपाली महिलाहरुको पासपोर्ट पनि भेटिएको छ ।
भैरहवा सुनौली तथा वीरगञ्जको रक्सौल नाका हुँदै फरक–फरक मितिमा विभिन्न दलालहरुमार्फत यी महिलाहरु दिल्लीको उत्तम नगर पुर्‍याइएका थिए । नेपाल सरकारले महिलालाई अरब मुलुकमा बैदेशिक रोजगारीका लागि रोक लगाएका बेला दिल्ली हुँदै कुबेत तथा दुबई पुर्‍याइदिने प्रलोभन दिएर रमेश थापा र विजय लामा नाम गरेका व्यक्तिले उनीहरुलाई दिल्ली बोलाएको महिलाहरुले बताएका छन्। उद्धार गरिएका महिलाहरु २० देखि ४० वर्ष उमेर समूहका छन् ।
उद्धार गरिएका महिलाहरुमा कोही ६ वर्ष कुबेत बसेर फर्किएका पनि रहेको बताइएको छ । ‘नेपालबाट जान पाइँदैन, दिल्लीबाट पाइन्छ भन्ने लोभमा परेर आइयो र यसरी फँसियो,’उनीहरु मध्येकी एकले भनिन्। दिल्लीमै काम गर्ने भनेर नागरिकता र पासपोर्टबिना नै दिल्ली पुगेकी एक महिलाले रुदै अन्नपूर्णसँग भनिन्, घरमा कसैले हेर्दैन, कमाएर खान दिने कोही छ्रैन । अब के गर्ने?’ चिनेको दिदी (महिला दलाल)ले आफू पनि सँगै जान लागेको भन्दै दिल्लीसम्म पुर्‍याएर आफ्नो भिसा आयो भन्दै छोडेर गएको एक महिलाले बताइन् । उद्धार गरिएका महिलाहरु सिन्धुपाल्चोक, काभ्रे, तेह्रथुम, धनकुटा, झापा तथा चितवन लगायतका जिल्लाका रहेका छन् ।

0 comments for " ~~भारतको नयाँ दिल्लीबाट २४ नेपाली महिलाको उद्धार ===================================== भारतको नयाँ दिल्लीबाट २४ नेपाली महिलाको उद्धार गरिएको छ । कुबेत तथा युएई जाने प्रलोभनमा परेर दलालमार्फत भारत पुगेका २४ नेपाली महिलालाई उद्धार गरी बुधबार साँझ नेपाल फिर्ता पठाइएको हो । बाकी पढ्नुहोस् पुरा समाचार,,,!!!>>> "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives