~~~बंगलादेशको वेश्यालयका १६ फोटो जसले तपाईँलाई हैरान बनाउँछ===>>>>
Posted by Anonymous on | 0 comments
यो बास्तविकता हो- बंगलादेशको वेश्यालयको। त्यहाँका महिलाले भोग्ने पीडा, उनीहरुको भोगाई, सपना र अनिश्चित भविष्यको बास्तविकताले तपाईँलाई पनि दुखी बनाउन सक्छ, हैरान बनाउन सक्छ। तलको फोटोमा देखिएका टिनैटिनका छाना कांडपारा वेश्यालयका हुन्।
वेश्यावृत्तीलाई कानुनी मान्यता दिने विश्वका थोरैमात्र मुस्लिम देशहरुमा बंगलादेश पनि एक हो। 'कांडपारा वेश्यालय' बंगलादेशको सबैभन्दा पुरानो र दोस्रो ठूलो वेश्यालय हो। ताङ्गिल जिल्लामा रहेको यो वेश्यालय दुई सय वर्ष पुरानो हो। कांडपारा वेश्यालय सन् २०१४ मा बन्द गरिएको थियो। वेश्यालय बन्द भएपछि त्यहाँ रहेका महिलाको भविष्य अनिश्चत भयो। उनीहरुलाई कहाँ गएर के गर्ने भन्ने अन्योलता थियो।
त्यसपछि स्थानीय गैह्र सरकारी संस्थाहरुको सहयोगमा कांडपारा वेश्यालय पुनः सञ्चालन गरिएको छ। जर्मन पत्रकार सान्ड्रा होन ठूला पर्खालले घेरिएको कांडपारा वेश्यालय पुगेकी थिइन्, सन् २०१६ मा। सान्ड्राले नेक्स्टशार्कलाई उक्त वेश्यालयका फोटा इमेल गरिन्। जसमा उनले वेश्यालयमा रिपोर्टिङ गर्दाका अनुभव पनि राखेकी छन्। 'वेश्यालय आफैमा एउटा सानो संसार हो, यो सहरभित्र अर्को सहर बनेको छ', होनले वेश्यालयको जीवनबारे शार्कलाई भनेकी छन्, 'सानो गल्लीमा खाना पकाउने स्टल छन्, चिया बेच्ने र सडक किनारका व्यापारी छन्। म हरेक दिन बिहानदेखि बेलुकीसम्म वेश्यालयमा बिताउँथे।
त्यतिबेला मैले कहाँ छु भन्ने बिर्सिसकेकी थिएँ। कहिले कहिले त यो आफ्नै नियममा चल्ने अर्कै सहरको दैनिकी हो जस्तै लाग्थ्यो।' बंगलादेशमा यौन व्यवसायीलाई सामान्य नागरिक भन्दा नीच व्यवहार गरिन्छ। अधिकांश गरिब परिवारबाट आउने केटीहरुको कुनै मानव अधिकार छैन। उनीहरु तस्करका सिकार हुन्छन्। उनीहरु एक महिलाको रोहबरमा काम गर्छन्। उनीहरुलाई बाहिर जान दिइँदैन



You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for " ~~~बंगलादेशको वेश्यालयका १६ फोटो जसले तपाईँलाई हैरान बनाउँछ===>>>> "
Leave a reply