~~साबधान !! अब विदेश बाट नेपाल छुट्टी जादै हुनुहुन्छ भने फर्किन पाउनु हुदैन कारण यस्तो छ : विदेशबाट काम गरि छुट्टीमा फर्केका महिला अब फेरी विदेश जना नपाउने काठमाण्डौमा देखियो रुवाबासी (भिडियोसहित) ==>>>
Posted by Anonymous on | 0 comments
विदेशबाट काम गरि छुट्टीमा फर्केका महिला अब फेरी विदेश जना नपाउने काठमाण्डौमा देखियो रुवाबासी (भिडियोसहित) काठमाडौंः संसदीय समितिको निर्देशनका कारण खाडी मुलुकबाट विदामा घर आएका कामदार रोजगारीमा फर्कनबाट वञ्चित भएका छन् । अन्तरराष्ट्रिय सम्बन्ध तथा श्रम समितिको निर्देशनमा वैदेशिक रोजगार विभागले श्रम स्वीकृति दिन बन्द गरेका कारण सयौं कामदार रोजगारीमा जानबाट वञ्चित भएका हुन् । व्यवस्थापिका संसद्को अन्तरराष्ट्रिय सम्बन्ध तथा श्रम समितिले घरेलु कामदारका रुपमा नेपाली महिलाहरुलाई चार लाख रुपैयाँमा बेचेर खाडी मुलुक पु¥याउने गरिएको भन्दै गत चैत २० गते खाडी मुलुकमा घरेलु कामदार पठाउने काम पूर्णरुपमा बन्द गर्न सरकारलाई निर्देशन दियो । समितिले निर्देशन दिने क्रममा परराष्ट्रमन्त्रीदेखि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थित अध्यागमन प्रमुखलाई कारवाही गर्न पनि पत्र काट्यो । त्यहि पत्रका कारण वैदेशिक रोजगार विभागले अत्तालिएर घरेलु कामदारलाई श्रम स्वीकृति दिन बन्द ग¥यो । विभागले श्रम स्वीकृति दिन बन्द गरेको मारमा पर्नेमध्येकी एक पात्र हुन् गीता थापा । सिन्धुपाल्चोक घर भएकी गीता घरेलु कामदारका रुपमा कुवेत गएको चार वर्ष भयो । चार वर्षको अवधिमा गीता छुट्टी मनाउन दुई पटक नेपाल आइन । दुई सय वर्ष अगाडि छुट्टी सकेर सजिलै काममा फर्किएकी गीता यो पटक रोजगारीमा जान नपाउने भएकी छिन् । महिना दिन लामो छुट्टी सकिन लागेका कारण काममा फर्किन गीतासँग विहिबारको हवाइ टिकट छ । तर कुवेत फर्किनका लागि गीतासँग श्रम स्वीकृति छैन । बुधबार विभागको परिसरमा भेटिएकी गीताले काम सजिलो र कमाइ मासिक ४० हजार भन्दा बढी हुने भएका कारण आफू पुनः कुवेत जान लालयित रहेको बताइन् । गीताले विभागका महानिर्देशक विश्वराज पाण्डेलाई भेटेर श्रम स्वीकृति दिन आग्रह गरिन् । खाडी मुलुकमा कार्यरत सबै घरेलु कामदारमाथि शोषण नभएको भन्दै सबैलाई एउटै घानमा राखेर गरिएको निर्णयले आफूजस्ता धेरै महिला रोजगारीबाट वञ्चित हुने गीताको भनाइ विभागका महानिर्देशक पाण्डेले सुने मात्र । पाण्डेले संसदीय समितिको निर्देशनका कारण आफू श्रम स्वीकृति दिने अवस्थामा नरहेको बताएर गीतालाई फर्काए । गीताजस्ता पात्रलाई रोजगारीको अवसरबाट वञ्चित नगर्न संसदीय समितिले निर्णय पुनर्विचार गर्नुपर्ने महानिर्देशक पाण्डेको भनाइ छ । सिन्धुपाल्चोककी गीतालाई फर्काएलगत्तै महानिर्देशक पाण्डेको कार्यकक्षमा अर्का व्यक्ति खोटाङका देवराज राई पुगे । देवराजले पनि गीताको जस्तै समस्या सुनाए । पत्नी संगीतालाई १२ वर्षदेखि कुवेतमा घरेलु कामदारको रुपमा पठाएका देवराजले कि त सरकारले नै रोजगारी दिनुपर्ने अन्यथा विदामा घर फर्किएका र रोजगारीमा फर्कन चाहनेहरुको श्रम स्वीकृति रोक्न नहुने बताए । कतार, कुवेत लगायतका खाडी मुलुकमा हाल करिब १ लाख ५० हजार नेपाली घरेलु कामदारको रुपमा कार्यरत रहेको अनुमान छ । मुलुकभित्र रोजगारीमा पर्याप्त अवसर नरहेको अवस्थामा खाडी मुलुकमा घरेलु कामदारको रुपमा जान चाहनेलाई श्रम स्वीकृति रोकिरहे मानव तस्करी मौलाउने सरकारी अधिकारीहरुको भनाइ छ । भिडियो हेर्नुहोस तल यसरि हुदै छ रुवाबासी

You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for " ~~साबधान !! अब विदेश बाट नेपाल छुट्टी जादै हुनुहुन्छ भने फर्किन पाउनु हुदैन कारण यस्तो छ : विदेशबाट काम गरि छुट्टीमा फर्केका महिला अब फेरी विदेश जना नपाउने काठमाण्डौमा देखियो रुवाबासी (भिडियोसहित) ==>>> "
Leave a reply