~~~बाढी पहिरोमा परी १४ जनाको मृत्यु, ३७ जना बेपत्ता हेर्नुहोस दुखान्त खबर कहिले सम्म हो यसरि गरिब दुखीको नै सर्ब नास--->>>

Posted by Anonymous on | 0 comments


तेहरान । इरानको उत्तर पश्चिम क्षेत्रमा आएको बाढी पहिरोमा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ भने अन्य ३७ जना बेपत्ता भएका छन् । पूर्वी अजरबैजान प्रदेशमा शुक्रबार सुरु भएको भीषण वर्षापछि आएको बाढी पहिरोले घर तथा कारहरु बगाएको दृश्य सरकारी टेलिभिजनले देखाएको छ ।
अजाब्शीर जिल्लाका प्रमुख अधिकारीले सरकारी समाचार संस्था इर्नालाई दिएको जानकारीअनुसार खोजी तथा उद्धार टोलीले नौ जना पुरुष र तीन जना महिलाको शव भेट्टाएको छ । त्यसैगरी सरकारी टेलिभिजनले दुई जना व्यक्तिको अजरशहर नजिकै मृत्यु भएको जनाएको छ । उसले अरु ३७ जना व्यक्ति अझै पनि बेपत्ता रहेको र खोजीकार्य जारी रहेको जनाएको छ । रासस÷एएफपी

पुर्बेलीन्युजको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक र ट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।

0 comments for " ~~~बाढी पहिरोमा परी १४ जनाको मृत्यु, ३७ जना बेपत्ता हेर्नुहोस दुखान्त खबर कहिले सम्म हो यसरि गरिब दुखीको नै सर्ब नास--->>> "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives