~==बिचित्र खबर युवतीको रगतले नुहाउनेदेखि मान्छेको मासु खानेसम्मका दश खतरनाक महिला हेर्नुहोस ==>>>>
Posted by Anonymous on | 0 comments
एजेन्सी। साइको किलर, सिरियल किलर जस्ता शब्दसँग सामान्यता एक हत्यारा पुरुषको चित्र मनमा आउँछ। तर इतिहासमा केही यस्ता क्रुर महिलापनि थिए, जसले स्वार्थ, निर्दयिता र परपीडकका रुपमा सबैलाई पछि पारेका छन्। आज हामी त्यस्ता दश क्रुर महिलाका विषयमा जानकारी गराउँछौं।
हंगेरीकी रानी एलिजाबेथका विषयमा यस्तो भनाइ छ, उनी युवतीको रगतले नुहाउँथिन्। युवतीको रगतले नुहाउन उनले करिव ६ सय युवतीको हत्या गरिएको थियो। एलिथाबेथको मान्यता थियो युवतीको रगतले नुहाउँदा आफू सधैं जवान भइरहिन्छ।
बेल ग्युनेस
बेल ग्युनेसले ४० भन्दा धेरै पुरुषको हत्या गरेकी थिइन्, जसले उनीसँग विवाह गर्ने इच्छा राखेका थिए। ४० पुरुषको हत्या उनले जीवन विमा गरेको पैसा पाउनका लागि गरेकी थिइन्। ती पुरुषलाई उनले आफ्ना प्रेमी भएको दाबी गर्थिन।
आइलिन व्युओर्नेस
आइलिन कुनै कम्पनीमा काम गर्थिन। उनले सात जनाको हत्या गरेकी थिइन। २००२ मा उनको मृत्यु भएको थियो।
म्यारी ट्युडर
म्यारी ट्युडर हेनरी अष्टमपछि केही समयकालागि बेलायतको महारानी भएकी थिइन। सो क्रममा आफूभन्दा भिन्न विचार राखेको भन्दै सयौंको हत्या गराएकी थिइन्। इतिहासमा उनलाई ब्लडी म्यारी भनिन्छ।
लियोनार्डा सियांसियुली
लियोनार्डाले गरेको तीनवटा हत्याका विषयमा मात्र जानकारी छ।
वेल्मा बारफिल्ड
बारफिल्डले ६ जनाको हत्या गरेको स्वीकार गरेकी थिइन। जसमा उनकी आमा उनका दुई श्रीमान एक ब्याइफ्रेण्डसमेतको हत्या गरेकी थिइन्। त्यसबाहेक उनले अन्य दुई जनाको पनि हत्या गरेकी थिइन।
जेन टोप्पन
जेन एक नर्स हुन्। विरामीसँग यौन सम्पर्क गर्दा उनलाई आनन्द महशुस हुन्थ्यो। उनले विरामीसँग यौन सम्पर्क गर्दा धेरै जनाको मृत्यु नै भएको थियो। १९०१ मा उनलाई सिरियल किलर घोषणा गरिएको थियो। उनले ३१ जनाको हतया गरेको अभियोग लागेको थियो।
न्यानी डस
उनले आफ्ना नजिकका नाता पर्नेको हत्या गरेकी थिइन्। उनले एक एक गर्दै पाँच श्रीमान,२ बच्चा र आफ्नी आमाकोसमेत हत्या गरेकी थिइन। उनले पाँच जना श्रीमानको जीवन विमाको पैसा पाउन त्यसो गरेको बताएकी थिइन्।
ल्याविनिया फिसर
उनी किलरको रुपमा मृत्युदण्डको सजाय पाउने पहिलो अमेरिकी महिला हुन्। उनी र उनका श्रीमान दक्षिण क्यारोलिनामा होटल संचालन गर्थे । होटलमा बस्ने ग्राहकलाई मारेर उनीहरुको सामान गायव पार्ने उनीहरुको पेशा थियो। उनीहरु दुवैलाई १८२० मा फाँसी दिइएको थियो।
एमेलिया डायर
बेलायतमा भिक्टोरियन युगकी सबैभन्दा कुख्यात हत्यारा थिइन डायर। उनी बेबी फार्म चलाउँथिन्। त्यो समय गरिव महिलालाई बच्चा जन्माउन लगाएर धनी मानिसलाई बेचिन्थ्यो। जब एमेलिया कुनै गरिव महिलाको बच्चा किन्थिन तब उनको आमालाई तत्काल मार्थिन।

You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for " ~==बिचित्र खबर युवतीको रगतले नुहाउनेदेखि मान्छेको मासु खानेसम्मका दश खतरनाक महिला हेर्नुहोस ==>>>> "
Leave a reply