~बर्दियाको भुरीगाउँमा बस दुर्घटना, ३४ जना घाइते... बर्दिया, चैत २८ – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बर्दियाको ठाकुरबाबा नगरपालिका–१ भुरीगाउँमा आइतबार राति ११ बजे यात्रु बस दुर्घटना हुँदा ३४ जना घाइते भएका छन् । सुदूरपश्चिमको दार्चुलाबाट काठमाडौंका लागि छुटेको ना ६ ख १२२७ नम्बरको रात्रि बसले मोटरसाइकललाई जोगाउन खोज्दा दुर्घटना भएको इलाका प्रहरी कार्यालय भुरीगाउँले जनाएको छ । बस राजमार्गमै पल्टिएको छ । घाइते धेरैको टाउकोमा चोट लागेको र केहीको हात खुट्टा भाँचिएको प्रहरीले जनाएको छ । घाइते मध्ये ७ जनाको अवस्था गम्भीर रहेको छ । घाइते सबैलाई भुरीगाउँको केपी पोलीक्लिनिकमा प्राथमिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर लगिएको इलाका प्रहरी कार्यालय भुरीगाउँले जनाएको छ ।===>>>>
Posted by Anonymous on | 0 comments

You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for " ~बर्दियाको भुरीगाउँमा बस दुर्घटना, ३४ जना घाइते... बर्दिया, चैत २८ – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बर्दियाको ठाकुरबाबा नगरपालिका–१ भुरीगाउँमा आइतबार राति ११ बजे यात्रु बस दुर्घटना हुँदा ३४ जना घाइते भएका छन् । सुदूरपश्चिमको दार्चुलाबाट काठमाडौंका लागि छुटेको ना ६ ख १२२७ नम्बरको रात्रि बसले मोटरसाइकललाई जोगाउन खोज्दा दुर्घटना भएको इलाका प्रहरी कार्यालय भुरीगाउँले जनाएको छ । बस राजमार्गमै पल्टिएको छ । घाइते धेरैको टाउकोमा चोट लागेको र केहीको हात खुट्टा भाँचिएको प्रहरीले जनाएको छ । घाइते मध्ये ७ जनाको अवस्था गम्भीर रहेको छ । घाइते सबैलाई भुरीगाउँको केपी पोलीक्लिनिकमा प्राथमिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर लगिएको इलाका प्रहरी कार्यालय भुरीगाउँले जनाएको छ ।===>>>> "
Leave a reply