``====लुटेराहरूको एक समूहले फिल्मीशैलीमा एक्कासी उनीहरू दुवैलाई कब्जामा लियो । त्यो समूहले ‘हामी प्रहरी हौं, तिमीहरू हुन्डीको काम गर्दा रहेछौं, तिमीहरूलाई कारबाही गर्छौ’ भन्दै खराल काका–भतिजालाई कब्जामा लिए । उनीहरूलाई कब्जामा लिएर उक्त समूहले ट्याक्सीमा राखेर अपरिचित गन्तव्यतर्फ गुडायो । कसरी बन्यो लुटपाटको योजना ????>..

Posted by Anonymous on | 0 comments


फाल्गुन १८, २०७३- फागुन १० गते राजधानीको व्यस्त बजार न्युरोडस्थित ग्लोबल आईएमई बैंकबाट पैसा निकालेर फर्कंदै थिए- प्रेमनारायण खराल र भतिजा विधान खराल । दिउँसो करिब पौन तीन बजेको थियो । बैंकबाट ४ लाख २७ हजार निकालेर फर्कने क्रममा काका–भतिजाले सपनामा पनि सोचेका थिएनन्, आफूमाथि नक्कलीहरूको रेड परेर लुटिनुपर्ला भन्ने कुरा । तर, बैंकबाहिर निस्कनेबित्तिकै त्यही भयो । पिछा गरिरहेको लुटेराहरूको एक समूहले फिल्मीशैलीमा एक्कासी उनीहरू दुवैलाई कब्जामा लियो । त्यो समूहले ‘हामी प्रहरी हौं, तिमीहरू हुन्डीको काम गर्दा रहेछौं, तिमीहरूलाई कारबाही गर्छौ’ भन्दै खराल काका–भतिजालाई कब्जामा लिए । उनीहरूलाई कब्जामा लिएर उक्त समूहले ट्याक्सीमा राखेर अपरिचित गन्तव्यतर्फ गुडायो । अचानक परेको रेडबाट त्रस्त भएका खराल काका–भतिजालाई डल्लु पुर्‍याइयो । डल्लुबाट नक्कली प्रहरीको टोली बनेको लुटेरा समूहले खराल काका–भतिजालाई ट्याक्सीमै बसुन्धरा पुर्‍यायो । बसुन्धरामा खुकुरी देखाउँदै उनीहरूलाई धम्की दियो र बैकबाट ल्याएको ४ लाख २७ हजार रुपैयाँ, आइफोन, सामसुङ जे-७, नोकिया एक्स टु मोबाइल एक–एक थान र पर्सहरू लुट्यो अनि काका–भतिजालाई त्यहीं अलपत्र छाडेर उक्त समूह बेपत्ता भयो । मुखवीर नै लुटपाटका मास्टरमाइन्ड प्रहरीले साढे ४ बजे मात्र उक्त घटना थाहा पायो । ‘घटना थाहा पाउनेबित्तिकै हामीले आफ्ना संयन्त्रहरू परिचालन गर्‍यौं,’ अपराध अनुसन्धान महाशाखाका प्रमुख दिनेश अमात्यले साप्ताहिकसँग भने— ११ जनाको टोलीलाई दुई भागमा विभाजन गरेर परिचालन गरेपछि प्रहरीले २८ घण्टापछि ११ फागुनको बिहानै लुटेराहरूलाई राजधानीको विभिन्न स्थानबाट नियन्त्रणमा लियो ।’ आखिर कसरी लुटेराहरू प्रहरी फन्दामा परे ? प्रहरीले त्यसका लागि तुरुन्तै घटनाका पूर्व रेकर्डहरू हेर्‍यो, सिसिटिभी फुटेजहरू अध्ययन गर्‍यो । त्यसले लुटेराहरूमाथिको प्रहरी अनुसन्धानलाई सहज बनायो । प्रहरीले विगतका घटनाहरू अध्ययन गर्ने क्रममा एउटा यस्तो क्लु हात पार्‍यो, जसले अनुसन्धानलाई अघि बढाउन निकै सहज भयो । प्रहरीले अपराध अनुसन्धानमा क्रममा विगतका अभ्यास र मुखबीरहरूलाई प्रयोग गरिरहेको हुन्छ, अमात्यले भने- कहिलेकाहीं तिनै मुखवीरहरू नै प्रहरीलाई झुक्याउँदै अपराध गर्न उद्यत हुन्छन् । यस्ता शैलीका घटनाहरू प्राय: हिन्दी चलचित्रमा देखाइन्छन् । न्युरोडमा लुटेराहरूले ठ्याक्कै बलिउड फिल्ममा हुने शैली प्रयोग गरेका थिए । प्रहरीले आफूलाई सुराक दिनेहरू नै यो लुटपाटमा संलग्न हुन सक्ने आशंकाका आधारमा केही त्यस्ता व्यक्तिमाथि छानबिन अगाडि बढायो । केही मुखवीर एक दुई पटक प्रहरीलाई सुराक दिने र पछि आफै अपराधमा संलग्न हुन्छन्, अमात्य भन्छन्- हाम्रो अनुसन्धान पनि त्यस्तै एक व्यक्तिमाथि केन्द्रित भयो । ती व्यक्ति थिए- रुकुमका २७ वर्षीय विश्वास घर्तीमगर । प्रहरीलाई सुराक दिने मुखवीरको काम गर्ने विश्वासमाथि अनुसन्धान गर्दै जाँदा प्रहरीको आशंका थप बलियो बन्दै गयो । अन्तत: विश्वास नै लुटपाटका मास्टरमाइन्ड रहेको पत्ता लाग्यो । यो घटनाको मास्टरमान्ड विश्वास नै हो, एसएसपी अमात्य थप्छन्- अपराधीको जात, धर्म, क्षेत्र, वर्ण र प्रदेश भन्ने हुँदैन, त्यसैले अपराधमा संलग्न हुँदा उनीहरू एकै कित्तामा आइहाल्छन् । विश्वासले पनि सबैसँग फोनमै योजना बनायो । उनीहरू फोन कलकै आधारमा उक्त लुटपाटमा संलग्न भएको देखिन्छ । खोज्दै जाँदा घटनामा नेपाली सेनाका पूर्व दुई जवान गोरखा ताप्लेका २३ वर्षीय शिव बानियाँ र गोरखा ताप्लेकै २७ वर्षीय अशोक बानियाँको संलग्नता खुल्यो । यतिमात्र होइन, यो लुटेरा टोलीमा गोरखा ताप्लेका २७ वर्षीय नारायण बानियाँ, गोरखाकै २२ वर्षीय सुदीप थापामगर, रुकुम मैकोटका २३ वर्षीय धनकुमारको संलग्नता समेत पुष्टि भएको छ । २ समूहमा विभाजित भएको प्रहरीले २८ घण्टामै सुराकीको काम गर्ने विश्वासलाई समात्यो । उनलाई बालाजु क्षेत्रबाट पक्राउ गरिएको थियो । ‘सकिन्जेल झुक्याउन उनले सुराकीको कार्ड प्रयोग गरेको देखियो, अमात्यले थपे— बलिउड चलचित्रमा प्रयोग हुने लुटपाटकै शैलीमा उनीहरूले यो घटना घटाएको देखिन्छ । विश्वासलाई पक्रिएपछि अन्य ५ जनालाई पनि प्रहरीले राजधानीका विभिन्न ठाउँबाट पक्राउ गर्‍यो ।

0 comments for " ``====लुटेराहरूको एक समूहले फिल्मीशैलीमा एक्कासी उनीहरू दुवैलाई कब्जामा लियो । त्यो समूहले ‘हामी प्रहरी हौं, तिमीहरू हुन्डीको काम गर्दा रहेछौं, तिमीहरूलाई कारबाही गर्छौ’ भन्दै खराल काका–भतिजालाई कब्जामा लिए । उनीहरूलाई कब्जामा लिएर उक्त समूहले ट्याक्सीमा राखेर अपरिचित गन्तव्यतर्फ गुडायो । कसरी बन्यो लुटपाटको योजना ????>.. "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives