एक रात को कति नी ?? उता बाट ठाडो जवाफ आउछ ५०हजार त्यो भन्दा त मान्दिन होला, काठमाण्डौमा यसरी हुन्छ दैनिक यौन ब्यापारको मोलमोलाई हेर्नुहोस एक पत्रकारले लुकाएर ग्राहक बनेर खिचेको गोप्य भिडियो>>>>???
Posted by Anonymous on | 0 comments
गत शनिबार बेलुकी नक्सालको टाउन प्लाजामा छापा मारेर प्रहरीले दुई किशोरीसहित सञ्जीव लामा र सोमबहादुर तामाङलाई पक्रयो। हाइ प्रोफाइललाई केटी सप्लाइ गर्नेहरु रहेछन् उनीहरु। क्यासिनो र स्टार होटलहरुमा गएर प्लस टु र स्कूले विद्यार्थीहरु आफूसँग रहेको भन्दै एक रातको ५० हजार रुपैयाँ लिएर केटी मिलाउने काम गर्दा रहेछन् उनीहरु। केटीहरुलाई भने उनीहरुले बढीमा १० हजार मात्रै दिने रहेछन्। सोमबार एउटा न्युज च्यानल एबीसीले यही विषयमा विशेष समाचार दिएको थियो। लाज लाग्यो मलाई त्यो समाचार देखेर। के नेपालमा जिम्मेवार भनाउँदा मिडियाको काम यस्तै हो ? के टिभीलाई कुनै आचार संहिता लाग्दैन ? कार्यक्रममा पक्राउ परेकी ती १० कक्षा पढ्ने किशोरीहरुको निःशुल्क शोषण गरिएको थियो। टेलिभिजनको रेटिङ बढाउन र विज्ञापन पाउन गरिएको त्यो शोषण ती दलालहरुले गरेको भन्दा रत्ती भर पनि कम लागेन मलाई। हाइ प्रोफाइल व्यक्तिहरुलाई केटी मिलाउने एउटा गिरोहका केही सदस्यलाई प्रहरीले पक्रयो। यतिसम्मको समाचार त ठीक छ, तर किन ती किशोरीसितको अन्तर्वार्ता टिभीले दिनुपरेको ? किन यो स्कूलमा पढ्छे भनेर देखाउनु परेको ? अझ अचम्म त टिभीले छोपे छोपे जस्तो गरेर ती केटीहरुको अनुहार टेलिभिजनमार्फत देशभर छर्लङै देखाइदियो। त्यो पनि एक पटक हैन, बारम्बार। त्यसो गर्न पाइन्छ ? के त्यति गर्दैमा अब यो समस्या समाधान हुन्छ ? फेरि कस्तो शब्द प्रयोग गरिएको छ रामराम ! हो, सिंगापुरमा लाहुरे रहेका बाबुकी छोरीलाई यस्तै काम गरेर खानु पर्ने अवस्था नभएको हुनसक्छ। तर त्यसका लागि उनी मात्र दोषी हुन् त? पक्कै पनि हैनन्। त्यसो भए उनलाई मात्र दोषी झैँ देखाएर र उनको अनुहार टिभीमा देखाएर समस्याको समाधान हुन्छ? मलाई शब्द मिलाएर लेख्न आउँदैन। र म अझै पनि मेरा मनका कुराहरु शब्दमार्फत् एक्सप्रेस गर्न सकिरहेको छैन। एबीसी टेलिभिजनको त्यो कार्यक्रमका केही अंश युट्युबमा समेत राखिएको रहेछ। तपाईँ आफै हेर्नुस् त्यसलाई र भन्नुस्।

You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for " एक रात को कति नी ?? उता बाट ठाडो जवाफ आउछ ५०हजार त्यो भन्दा त मान्दिन होला, काठमाण्डौमा यसरी हुन्छ दैनिक यौन ब्यापारको मोलमोलाई हेर्नुहोस एक पत्रकारले लुकाएर ग्राहक बनेर खिचेको गोप्य भिडियो>>>>??? "
Leave a reply