~~#rep#'मैले श्रीमती मारेँ, मलाई पक्रनुस्' : धरानमा हत्या, काठमाडौँमा आत्मसमर्पण सविन ढकाल/पहिलोपोस्ट 28th March 2017 | १५ चैत्र २०७३ 'मैले श्रीमती मारेँ, मलाई पक्रनुस्' : धरानमा हत्या, काठमाडौँमा आत्मसमर्पण प्रतीकात्मक फोटो काठमाडौः ‘मैले श्रीमतीको हत्या गरेर आएको छु। मलाई पक्राउ गर्नुहोस्।‘ मंगलबार मध्याह्न गौशालास्थित महानगरीय प्रहरी वृत्तमा निन्याउरो अनुहारका एक युवकले यसो भनेपछि खैलाबैला मच्चियो। केही समयदेखि यत्तिकै अलमल अलमल गरिरहेका ती युवकलाई देखेपछि ड्युटीमा रहेका एक प्रहरीले उनलाई सोधेका थिए, के काम होला? त्यसैको जवाफमा श्रीमती मारेर आएको जवाफ दिएपछि ड्युटीमा रहेका प्रहरी नै अलमलमा परे। सुरुमा त प्रहरीले मानसिक सन्तुलन त गुमेको छैन भन्ने शंका गरे। तर युवक भन्दै थिए, ‘म रेसराज राई। घर ‌ओखलढुङ्गा। हाल सुनसरीको धरान १९ किराँत चोकमा बस्दै आएको छु। होलीको दिन मैलै श्रीमतीको हत्या गरेको हुँ। मलाई पक्राउ गर्नुस्। म सजायँ भोग्न तयार छु।‘ कुरा गम्भीर थियो। ड्युटीमा रहेका प्रहरीले माथिल्लो निकायमा खबर गर्योँ। वृत्त प्रमुख डिएसपी नवराज कार्की भने बिहानैदेखि प्रदर्शनी मार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पसमा भइरहेको निर्वाचनको सुरक्षामा खटिएका थिए। उनले वृत्तका निरीक्षकलाई घटनाबारे बुझ्न लगाए। वृत्तका प्रहरीले उनले दिएको जानकारी ‘भेरिफाइ’ गर्न सुनसरी जिल्ला प्रहरी कार्यालयमा फोन गर्‍यो। त्यहाँबाट राई होलीको दिन श्रीमतीको हत्या गरी फरार भएको जानकारी पाइयो। त्यसपछि राईलाई नियन्त्रणमा लिइएको डिएसपी कार्कीले बताए। किन हत्या? विदेशबाट कमाएर पठाएको २२ लाख रुपैयाँ श्रीमतीले मोजमस्तीमा उडाएको र परपुरुषसँग सम्बन्ध राखेकाले हत्या गरेको राईले प्रहरीमा बयान दिएका छन्। राइको भनाई अनुसार उनी करिब ५ महिना अगाडि खाडी मुलुकबाट वैदेशिक रोजगारी गरेर फर्किएका हुन्। ‌ओखलढुङ्गा घर भए पनि उनले विदेश जानु अगाडि श्रीमतीलाई धरानमा कोठा लिएर छोडेर गएका थिए। विदेशमा कमाएको पैसा उनले श्रीमतीको नाममा पठाउने गरेका थिए। उनले भने, 'विदेशबाट फर्किएपछि उसले पैसा सकिएको र अझै ११ लाख रुपैयाँ ऋण भनेपछि होलीको दिन आग्लोले हानेर मारेको हुँ।' हत्या गरी केही दिन धरानमा नै लुकेर बसेको र काठमाडौं आएको राईले बताए। ‘जे भए पनि हत्या गरेको हुँ, सजायँ त भोग्नुपर्छ भनेर आत्मसमर्पण गर्न आएको हुँ’, उनले प्रहरीलाई,,==>>>

Posted by Anonymous on | 0 comments


0 comments for " ~~#rep#'मैले श्रीमती मारेँ, मलाई पक्रनुस्' : धरानमा हत्या, काठमाडौँमा आत्मसमर्पण सविन ढकाल/पहिलोपोस्ट 28th March 2017 | १५ चैत्र २०७३ 'मैले श्रीमती मारेँ, मलाई पक्रनुस्' : धरानमा हत्या, काठमाडौँमा आत्मसमर्पण प्रतीकात्मक फोटो काठमाडौः ‘मैले श्रीमतीको हत्या गरेर आएको छु। मलाई पक्राउ गर्नुहोस्।‘ मंगलबार मध्याह्न गौशालास्थित महानगरीय प्रहरी वृत्तमा निन्याउरो अनुहारका एक युवकले यसो भनेपछि खैलाबैला मच्चियो। केही समयदेखि यत्तिकै अलमल अलमल गरिरहेका ती युवकलाई देखेपछि ड्युटीमा रहेका एक प्रहरीले उनलाई सोधेका थिए, के काम होला? त्यसैको जवाफमा श्रीमती मारेर आएको जवाफ दिएपछि ड्युटीमा रहेका प्रहरी नै अलमलमा परे। सुरुमा त प्रहरीले मानसिक सन्तुलन त गुमेको छैन भन्ने शंका गरे। तर युवक भन्दै थिए, ‘म रेसराज राई। घर ‌ओखलढुङ्गा। हाल सुनसरीको धरान १९ किराँत चोकमा बस्दै आएको छु। होलीको दिन मैलै श्रीमतीको हत्या गरेको हुँ। मलाई पक्राउ गर्नुस्। म सजायँ भोग्न तयार छु।‘ कुरा गम्भीर थियो। ड्युटीमा रहेका प्रहरीले माथिल्लो निकायमा खबर गर्योँ। वृत्त प्रमुख डिएसपी नवराज कार्की भने बिहानैदेखि प्रदर्शनी मार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पसमा भइरहेको निर्वाचनको सुरक्षामा खटिएका थिए। उनले वृत्तका निरीक्षकलाई घटनाबारे बुझ्न लगाए। वृत्तका प्रहरीले उनले दिएको जानकारी ‘भेरिफाइ’ गर्न सुनसरी जिल्ला प्रहरी कार्यालयमा फोन गर्‍यो। त्यहाँबाट राई होलीको दिन श्रीमतीको हत्या गरी फरार भएको जानकारी पाइयो। त्यसपछि राईलाई नियन्त्रणमा लिइएको डिएसपी कार्कीले बताए। किन हत्या? विदेशबाट कमाएर पठाएको २२ लाख रुपैयाँ श्रीमतीले मोजमस्तीमा उडाएको र परपुरुषसँग सम्बन्ध राखेकाले हत्या गरेको राईले प्रहरीमा बयान दिएका छन्। राइको भनाई अनुसार उनी करिब ५ महिना अगाडि खाडी मुलुकबाट वैदेशिक रोजगारी गरेर फर्किएका हुन्। ‌ओखलढुङ्गा घर भए पनि उनले विदेश जानु अगाडि श्रीमतीलाई धरानमा कोठा लिएर छोडेर गएका थिए। विदेशमा कमाएको पैसा उनले श्रीमतीको नाममा पठाउने गरेका थिए। उनले भने, 'विदेशबाट फर्किएपछि उसले पैसा सकिएको र अझै ११ लाख रुपैयाँ ऋण भनेपछि होलीको दिन आग्लोले हानेर मारेको हुँ।' हत्या गरी केही दिन धरानमा नै लुकेर बसेको र काठमाडौं आएको राईले बताए। ‘जे भए पनि हत्या गरेको हुँ, सजायँ त भोग्नुपर्छ भनेर आत्मसमर्पण गर्न आएको हुँ’, उनले प्रहरीलाई,,==>>> "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives