~कार्यकमको भीडमा महिलाको जिन्समा हस्तमैथुन गरेर गायब भए युवक, भिडियो भाइरल .....!!!!
Posted by Anonymous on | 0 comments
दिल्ली विश्वविद्यालयको श्री राम कलेज अफ कमर्सको एक कार्यक्रममा गएकी मिरान्डा हाउस कलेजकी छात्राले एउटा निकै अचम्मका घटनाबारे वर्णन गरेकी छिन् जुन सुन्दा विश्वास गर्न गाह्रो छ । कार्यक्रममा गायक केकेले आफ्नो प्रस्तुती दिइरहेका बेला भीडमा एक युवकले छात्राको जिन्समा नै हस्तमैथुन गरिदिएको खबर भारतीय संचार माध्यमले उल्लेख गरेको छ । छात्रालाई यसबारे घरमा आएपछि आफ्नो जिन्समा वीर्य लागेको देखेपछि पनि थाहा भएको उनले बताएकी छिन् । छात्राले जिन्सको तस्बिरसँग पूरा घटना आफ्नो फेसबुक वालमा पोष्ट गरेकी छिन् । अब यो फोटो भाइरल भइरहेको छ र मानिसहरु यसमा कमेन्ट पनि गरिरहेका छन् । मिरान्डा हाउस कलेजको हिस्ट्री डिपार्टमेन्टकी छात्रा मेघना सिंह श्रीराम कलेज अफ कमर्सको प्राङ्गणमा आयोजना भएको कार्यक्रममा आफ्ना साथीहरुसँगै गएकी थिइन् । उनी साथीहरुसँगै गायक केकेको प्रस्तुतीमा रमाइरहेका बेला आफूमाथि यस्तो घृणित काम भएको उनले जानकारी दिइन् । मेघनाका अनुसार कार्यक्रमका बेला उनको ठिक पछाडि एक पुरुष उभिएका थिए । मेघनाले अप्ठेरो महसुस गरेपछि उनलाई पछाडि हेर्दा ती व्यक्ति त्यहाँबाट गएको उनले जानकारी दिइन् । मेघनाको यो फेसबुक पोष्टमा भद्दा कमेन्ट पनिः मेघनाको पोष्टमा मानिसहरुले विभिन्न प्रकारका कमेन्ट गरेका छन् भने कसैले उक्त पोष्टलाई नै झुटो बताएका छन् । थुप्रै मानिसहरुले मेघनाको पोष्टलाई झुटो साबित गराउनका लागि विभिन्न प्रकारको कमेन्ट पनि गरे । पछि मेघनाले लेखिन्, ‘मलाई थाहा थियो कि मानिसहरुले मलाई यस्तो कमेन्ट अवश्य पनि गर्नेछन् । तर मलाई यी कुराले केही फरक पार्दैन । यो घटना ममाथि भएको थियो र मलाई वीर्य र अन्य कुराबिचको अन्तर थाहा छ ।’

You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for " ~कार्यकमको भीडमा महिलाको जिन्समा हस्तमैथुन गरेर गायब भए युवक, भिडियो भाइरल .....!!!! "
Leave a reply