*******##@@(स्काइपमा नयाँ फिचर, चाहेको भाषामा अनुवाद गरेर कुराकानी गर्नुस्)****@@===>>>>>>>>>>>
Posted by Anonymous on | 0 comments
काठमाडौं । इन्टरनेटको दुनियामा स्काइपलाई भिडियो कलिङको बादशाह मानिन्छ । निजीदेखि व्यवसायिक कुराकानीका लागि पनि यो एपको निकै प्रयोग हुन गरेको छ ।तर, पछिल्लो २-३ वर्षमा हृवाट्स एपले बजारमा जबरजस्त रुपमा स्थान बनाएको छ । अब जुन नयाँ फिचर्सका साथ स्काइप आएको छ, यसले फेरि नयाँ उचाईमा पुर्याएको छ ।डिजिटल ट्रेड्सका अनुसार, स्काइप अब अपडेटेड भएको छ । यसको माध्यमबाट यस्तो भिडियो कल गर्न सक्नुहुन्छ, जसमा अनुवादको सुविधा पनि छ । यो सुविधा मोबाइल र ल्याण्डलाइन दुबै कलिङको क्रममा पाइनेछ ।स्काइपले करिव २ वर्षदेखि यो प्रयास थालेको थियो, जुन अहिले आएर सफल भएको छ ।नयाँ फिचरको मद्दतले अब स्काइप ट्रान्सलेटरले तपाईको हरेक कुरालाई रेकर्ड गर्छ र फेरि तपाईले रोजेको भाषामा अनुवाद गरेर भन्छ । यद्यपि यो प्रक्रियाका लागि केही समय लाग्छ । तर, पनि राम्रो कुराकानी सम्भव छ । अहिले सुरुमा यो सुविधा ९ भाषामा उपलब्ध छ ।जसमा अग्रेजी, स्पेनिस, फ्रेन्च, जर्मन, चाइनिज, इटालियन, पोर्चुगाली, अरबी र रसियन छन् । कसरी चलाउने ट्रान्सलेटर ? यदि तपाईलाई स्काइप अनुवादको सुविधा चाहिएमा सबैभन्दा पहिले विन्डोज इन्साइडर प्रोग्राममा गएर रजिस्टर गर्नुपर्छ । यसका लागि स्काइप पि्रभ्यूको नयाँ भर्सन अपडेट गर्नुपर्छ । नयाँ स्काइप एपमा ट्रान्सलेटको विकल्प डाइल प्याडमा नै हुनेछ । यसमा क्लिक गरेपछि भाषा छनौट गर्न सकिन्छ ।त्यसपछि कल गर्नुस् । स्काइपले भनेको छ कि यसको जति धेरै प्रयोग हुन्छ, सुधारका लागि त्यति नै बढी मौका मिल्छ ।

You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for " *******##@@(स्काइपमा नयाँ फिचर, चाहेको भाषामा अनुवाद गरेर कुराकानी गर्नुस्)****@@===>>>>>>>>>>> "
Leave a reply