~~`यौन सम्बन्ध नराखेको भन्दै श्रीमतीले श्रीमानको लिंग काटिदिए पछि..>>>>??/
Posted by Anonymous on | 0 comments
काठमाडौं । छिमेकी मुलुक भारतमा एक जना महिलाले विवाह भएको १० वर्ष बितिसक्दा पनि आफ्नो कोखबाट सन्तान नजन्मेको भन्दै श्रीमानको लिंग काटिदिएका छन्। राजधानी दिल्लीसँग जोडिएको उत्तरप्रदेशको गाजियाबाद जिल्लामा यो घटना भएको हो। समाचारमा उल्लेख भएअनुसार, आफ्नो कोखबाट बच्चा नजन्मेपछि ती महिला मानसिकरुपमा विक्षिप्त थिइन्। विवाह भएको १० वर्ष बितिसक्दा पनि बच्चा नहुनुमा श्रीमान दोषी रहेको उनको ठहर थियो। बच्चा नजन्मेको भन्दै ती महिलाले आफ्नो श्रीमानसँग अधिकाँश समय झगडा गर्ने गर्थिन्। उनले झगडाका क्रममा श्रीमानको लिंग काम नलाग्ने जस्ता बचन लगाउँथिन्। रिता नाम गरेकी ती ३० वर्षीया महिलाले बुधबार विहान भने श्रीमानसँग ठूलै झगडा गरिन्। झगडाको क्रममा उनको रिस झन बढ्दै गयो। त्यसपछि उनले चक्कु ल्याएर श्रीमानको लिंग नै काटिदिइन्। श्रीमतीले लिंग काटिदिएपछि उनका श्रीमान गुहार माग्दै रोइकराइ गरेका थिए। छिमेकीले थाहा पाएपछि उद्धार गरेर उनलाई अस्पतालमा लगिएको थियो। घटनापछि ती महिलालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीसँगको वयानमा उनले श्रीमानले आफूलाई समय नदिने गरेको, झगडा मात्रै गर्ने गरेको र विवाहको केही समयपछिदेखि आफूसँग यौन सम्पर्क पनि नराखेको र सोही कारण आफ्नो बच्चा नरहेको बताएकी छन् । उनले श्रीमान भएर पनि यौन सम्बन्ध नराख्नेको लिंगको कुनै अर्थ नरहेको भन्दै च्वाट्ट काटिदिएको वयानसमेत दिएकी छन्।

You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for " ~~`यौन सम्बन्ध नराखेको भन्दै श्रीमतीले श्रीमानको लिंग काटिदिए पछि..>>>>??/ "
Leave a reply