~~~महिलाहरूले हस्तमैथुन गर्दा हुने यस्ता छन् फाइदाहरू... जानिराख्नुहोस===>>>
Posted by Anonymous on | 0 comments
सर्वप्रथम त हस्तमैथुनले यौनइच्छाको दमनबाट हुने तनावबाट मुक्ति प्रदान गर्छ । तनावबाट मुक्त मान्छे बढी सकारात्मक रूपमा सिर्जनशील हुन सक्छ । यसरी यौन चाहना शान्त पार्न मद्दत पुर्याउने भएकाले कतिपय यौनअपराध कम गर्न सहयोग पुग्छ भन्नेहरू पनि थुप्रै छन् । यस्तै हस्तमैथुनले अनावश्यक गर्भधारण, अन्य व्यक्तिसँगको यौनसम्बन्ध, त्यस्ता क्रियाकलापमा खर्च हुने धन तथा समयको दुरुपयोगबाट पनि जोगाउँछ । अर्को व्यक्तिसँग यौन सम्पर्क नै नहुने भएकाले अहिले चर्चामा रहेका एचआईभी/एड्स वा अन्य यौनरोगहरू लाग्नबाट पनि जोगिने नै भयो । यसले व्यक्तिमा स्वस्थ भएको अनुभूति दिन्छ भने आत्मसम्मान वृद्धि, शरीरको प्रतिविम्ब राम्रो बनाउनेदेखि निद्रालाई समेत सहयोग गर्छ । यसले मानसिक अनि शारीरिक तनाव कम गर्न पनि सहयोग गर्छ । यो कटि प्रदेश र योनिक्षेत्रको मांसपेशीलाई बलियो बनाउन पनि सहयोगी हुन्छ । यी मांसपेशी बलियो हुँदा वयस्क उमेरमा थाहै नपाई पिसाब फुस्कने समस्या कम हुन्छ । नियमित यौनसम्पर्क गरिरहेका व्यक्तिले पनि हस्तमैथुन गर्छन् । कतिपयले महिलाले हस्तमैथुन गर्दा चरमसुख पनि राम्रोसँग प्राप्त गर्ने कुरा उल्लेख गरेका छन् । यौनसम्पर्क गरेर यौन चरमसुख प्राप्त गर्न गाह्रो भएका महिलाहरूका लागि त हस्तमैथुन वरदान नै हो भन्न सकिन्छ । दुवै जना मिलेर कसरी बढीभन्दा बढी यौनआनन्द लिन सकिन्छ भन्ने कुरामा कुराकानी वा छलफल गरेर हस्तमैथुनसहितको विभिन्न यौन क्रियाकलाप गर्दा यौन आनन्द प्राप्त गर्न सहयोग मिल्छ । सामान्यत: यौनेच्छा पूरा भएपछि थप यौनसम्पर्क वा हस्तमैथुन गर्न सकिँदैन । आफ्नो दैनिक जीवनलाई नै असर पार्ने गरी लत बसेको छ भनेचाहिँ चिकित्सकको मद्दत लिनुपर्छ ।

You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for " ~~~महिलाहरूले हस्तमैथुन गर्दा हुने यस्ता छन् फाइदाहरू... जानिराख्नुहोस===>>> "
Leave a reply