~~~बस दुर्घटनामा मृत्यु हुने २६ पुगे, मध्यरातमा हेलिकप्टरबाट घाइतेको उद्दार (नामावलीसहित)===>>>

Posted by Anonymous on | 0 comments


bannerकाठमाडाैं। हिजो बिहीबार भएको जाजरकोट बस दुर्घटनामा मृत्यु हुनेको संख्या २६ पुगेको छ। ३६ जना यात्रु घाइते अवस्थामा उपचाररत छन्। जाजरकोटका प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पाैडेलले दिएको जानकारी अनुसार घाइतेमध्ये ६ जनाको जाजरकोट अस्पतालमा उपचार भैरहेको छ। ८ जना घाइते चाैरझाहारी मिसन अस्पताल र बाँकी घाइतेको नेपालगञ्जमा उपचार भैरहेको छ। बिहीबार राती साढे १ बजे चाैरझाहारी विमानस्थलमा हेलिकप्टर अवतरण गरेर घाइतेलाई नेपालगञ्ज ल्याइएको प्रजिअ पाैडेलले बताए। राति बारम्बार प्रयास हुँदा समेत प्रतिकुल माैषमकाकारण हेलिकप्टर अवतरण हुन सकेको थिएन। ज्यान गुमाउने मध्ये २१ जनाको पहिचान खुलेको छ भने पाँच जनाको सनाखत हुन बाँकी छ। ज्यान गुमाउनेको नाम १ रामबहादुर बस्नेत, जाजरकोट- ४ लह २ नन्दलाल जैशी, जाजरकोट- ५ साल्मा ३ मदन पुन, जाजरकोट- ९ सिमा ४ सन्तोष राणा, जाजरकोट- १० भेमानपा ५ गोपाल सुनार, जाजरकोट- ११ भेमानपा ६ सर्मिला सुनार, जाजरकोट- ११ भेमानपा ७ गणेश बोहरा, जाजरकोट- ४ भेमानपा ८ नविन चन्द, जाजरकोट- ४ भेमानपा ९ शान्ता सुनार, जाजरकोट- ३ भेमानपा १० दिलबहादुर बुढा, जाजरकोट- १ दशेरा ११ कृष्ण गिरी, रुकुम- ४ चौरजहारी १२ मनिराम जैसी, जाजरकोट- २ दशेरा १३ बहादुर भण्डारी, जाजरकोट- १२ भेपानपा १४ दले तिरुवा, जाजरकोट- ७ मजकोट १५ हिउसरा गिरी, जाजरकोट- १३ भेमानपा १६ उदय बुढा, सुइकोट सल्यान १७ गोप्ली सुनार, जाजरकोट- ११ भेमानपा १८ नैन दमाई, जाजरकोट- ८ पजारु १९ चैते खत्री, जाजरकोट ८ भेमानपा २० भरत बिसी, जुगाथापाचौर- ५ २१ हरिबहादुर शाही, जाजरकोट- ४ गर्खाकोट घाइतेको उद्दारका लागि पठाएको हेलिकप्टर अवतरण हुन नसकेको भन्दै मध्यरातमा स्वास्थ्यमन्त्री गगन थापाले चिन्ता व्यक्त गरेका थिए। बसका चालक पनि घाइते छन्।

0 comments for " ~~~बस दुर्घटनामा मृत्यु हुने २६ पुगे, मध्यरातमा हेलिकप्टरबाट घाइतेको उद्दार (नामावलीसहित)===>>> "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives