=====(भबिष्य हेरी दिने बहानामा आफ्नो कोठामा लगेर युवतीलाई यौनकार्य गर्न खोज्ने एक ज्योतीषि पक्राउ भिडियो सहित हेर्नुहोस यो भिडियो)===>>>

Posted by Anonymous on | 0 comments


इलाम ११ चैत्र – बिष्य हेरी दिने बहानामा आफ्नो कोठामा लगेर युवतीलाई यौनकार्य गर्न खोज्ने एक ज्योतीषिलाई प्रहरीले पक्राउ गरि कारबाही थालेको छ । घटना पुर्वी इलामको हो ।

पुजारी भन्नेविक्तिकै चोखो, शुद्ध मन, शान्त स्वाभावको र खुल्ला हृदय भएको भन्ने मान्यता छ ।मन्दिर एक पवित्र ठाउँ हो । त्यसको पुजाआजा तथा रेखदेख गर्ने पुजारीलाई कसैले पनि नराम्रो दृष्टिकोणले हेर्ने र सोच्न समेत सक्दैन्, भन्ने विश्वास छ । पुजारीले पनि कसैमाथिपनि कुदृष्टिले हेर्दैनन् । यो अहिलेसम्मको तपाई हाम्रो सोच तथा मनसाय हो । तर अव घोर कलियुग लागेको छ भन्ने कुरा इलाममा घटेको एक घटनाले प्रष्ट हुन्छ ।
हुन त हाम्रो समाजमा थुप्रै आडम्बरी मानिस देख्न पाइन्छ । साधुसन्तको खोल ओडेर विभिन्न हर्कत गर्नेको कमी पनि छैन यहाँ । यसरी नै पुजारी भएर युवतीको सुरुवालमा झुण्डिदाँ एक पुजारी प्रहरी खोरमा जाकिनु परेको छ ।
इलाम नगरपालिकाको धार्मिक तथा पर्यटकीय स्थल सेतीदेवीमा दर्शन गर्न युवा युवतीहरुको निकै भिड लाग्ने गर्दछ । सदरमुकामको पश्चिम पुवाखोला नजिकै रहेको मन्दिरमा इलाम आउनेहरू प्राकृतिक आनन्दसँगै पूजाआजा गर्न जाने गर्छन् । उक्त मन्दिरको रेखदेख गर्न तथा पुजाआजा गर्न एकजना ५६ वर्षीय पुजारी बस्छन् ।

सदरमुकामस्थित एक प्राविधिक शिक्षालयका ६ जना छात्राहरुले त्यही मन्दिरमा घुम्ने निर्णय गरे । सबै साथीहरुको सहमति अनुसार नै उनीहरु यही हप्ता घुमघाम र पूजाआजाका लागि सेतीदेवी मन्दिर पुगे ।

मन्दिर पुगेपछि उनीहरु निकै हर्षित थिए । कलेजमा पढ्दाको तनावबाट सान्त हुन् उनीहरु त्यहा पुगेपछि हर्षित हुने कुरै भएन् । मन्दिरमा पुगेपछि उनीहरुले निधारमा लामा लामा चन्दनको टीका र दौरासुरुवाल लगाएका पुजारी देखे । उनीहरुले ती पुजारीबाट टीका लगाए । टीका लगाएपछि पुजारीहरुले नयाँ आईडिया रचे ।

सवै युवतीहरु मात्र देखेपछि पुजारीमा मनको पापको भारी उत्पन्न भयो । उनले एउटा नयाँ बाहना बनाए । उनले हस्तरेखाबाट भाग्य हेरिदिन्छु भने । उनको भनाई ती युवतीहरुले नकार्न सकेनन् । ६ जनामध्येकी एक युवती भने हात हेराउन राजी भइन् । पुजारीले हस्तरेखा हेर्दै भने छन्, ‘अहो १ खत्तम पो रहेछ त । म यहीँ भनिदिउँ ?’ युवतीले आफ्नो कुरा सबै साथीमाझ सार्वजनिक हुने ठानेर भनिन्, ‘होस् नभन्नू ।’

हात हेराउने युवतीले त्यति मात्र के भनिसकेकी थिइन् पुजारीले लौ यता आउ उसोभए भित्र भन्छु भन्दै गुफाभित्र लगे । गुफाभित्र पुगेपछि ती पुजारीले हस्तरेखा होइन युवतीको सुरुवाल तान्न थाले । हस्तरेखा हेरेर खतरा कुरा भन्छु भन्दै गुफाभित्र सुरुवाल तान्न थालेपछि ती युवती आत्तिएर बाहिर आइन् । त्यहाँबाट भागेर प्रहरीलाई खबर गरेपछि बरबोटे– तोरीबारीका पुजारी दुर्गाप्रसाद घिमिरेलाई प्रहरी पक्राउ गरी हिरासतमा राख्यो ।

0 comments for " =====(भबिष्य हेरी दिने बहानामा आफ्नो कोठामा लगेर युवतीलाई यौनकार्य गर्न खोज्ने एक ज्योतीषि पक्राउ भिडियो सहित हेर्नुहोस यो भिडियो)===>>> "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives