@@@@***कस्तो बेलाको सम्पर्कले गर्भ रहन्छ ? जान्नुहोस, बिस्तृत जानकारी हेर्नुहोस यो टिप्स सबैलाई जाज्नु अति नै आवस्यकता===>>>>>
Posted by Anonymous on | 0 comments
तपाईंको महिनावारी नियमित यस्तै (२८ दिनमा ) रूपमा हुने गरेको छ भने यस्तै १४ दिनमा डिम्ब निस्कासन हुन्छ। यसको हाराहारीमा यौनसम्पर्क हुँदा गर्भरहने सम्भावना हुन्छ। तपाईंले भन्नुभएको ११ औं दिनमा पनि केही सम्भावना हुन्छ। तपाईंले यौनसम्पर्कका दौरान योनिभित्र वीर्य स्खलन भए(नभएको कुरा लेख्नुभएको छैन। युवाहरूले यस्ता भैपरी आउने यौनसम्पर्कमा लिङ्ग झिक्ने विधि प्रयोग गर्ने भए पनि उनीहरू अभ्यस्त नभएको हुनाले ठीक समयमा झिक्न नसकेका हुन सक्छन् र त्यसको परिणाम गम्भीर हुनसक्छ। म २२ वर्षीय अविवाहित युवती हुँ। केही दिनअघि एउटा केटासँग यौनसम्पर्क भयो। मेरो समस्या के हो भने जब मेरो साथीसँग सम्पर्क भयो त्यो दिनदेखि तल्लो पेट दुखिरहेको छ। किन होला रु हामीले कुनै साधन पनि प्रयोग गरेका थिएनौं। त्यस दिन मेरो महिनावारी भएको ११ दिन भएको थियो। मलाई डर छ, कतै गर्भ रहने त होइन ? कस्तो बेलाको सम्पर्कले गर्भ रहन्छ ? गर्भ रहिहाले त्यसको समाधान कसरी गर्ने तपाईंले यौनसम्पर्क गरेको केटा नै तपाईंको साथी हो र उहाँसँग घनिष्ठ सम्बन्ध होला। अर्कातर्फ विवाहभन्दा पहिले नै यौनसम्पर्क राख्नुका आफ्नै असजिला छन्। तपाईंको जस्तो युवावस्थामा यौनइच्छा एकदमै तीव्र हुनु स्वाभाविक हो। त्यसलाई शान्त पार्ने उपाय खोज्नु पनि स्वाभाविक नै हो। कतिपय स्थितिमा नवयुवाहरू अर्को व्यक्तिसँग सम्बन्ध स्थापित गर्न तथा यौनसम्पर्कका लागि आवश्यक रूपमा तयार हुँदैनन्। अर्को व्यक्तिसँग सम्बन्ध विकास गर्न कति गहिराइसम्म पुगिन्छ भन्ने अनुमान उनीहरू सहजै गर्न पनि सक्दैनन् भने अर्कातिर कति पुगेपछि रोक्नु उचित हुन्छ भन्ने कुरा पनि विवेकपूर्ण रूपमा ठम्याउन सक्दैनन्। SEX ARYANज्ञान भए पनि आवश्यक सीप नहुन सक्छ। पुरानो प्रकृतिको ग्रामीण समाजमा होस् वा आधुनिक सहरी समाजमा युवायुवतीहरूले एक(अर्कामा सम्बन्ध विकास गर्ने विभिन्न अवसर प्राप्त हुने वातावरण हुन्छ। यस्तो बेलामा कसरी सही निर्णय लिने भन्ने सीप हुनु नै मुख्य कुरा हो। यदि स्थिति ठीक छैन भने यौनसम्पर्क नै नगर्ने भन्ने निर्णय पनि लिन सक्नुपर्छ। आफूलाई इच्छा नभए पनि यौनसम्पर्कको प्रस्तावलाई स्वीकार गर्नुले निर्णय क्षमताको कमीलाई संकेत गर्छ। आइपर्न सक्ने यस्तो स्थितिका लागि तयार नहुँदा नै दुर्घटना हुन्छ र त्यसको क्षति पनि बढी हुनसक्छ। प्रजनन स्वास्थ्यसम्बन्धी दुर्घटना पनि यस्तै हो। योजनाबद्ध नहुने भएकाले भैपरी हुने यौनसम्पर्कमा जहिले पनि दुर्घटनाको जोखिम बढी हुन सक्छ। तपाईंहरू दुवैले कुनै गर्भनिरोधको साधन प्रयोग नगर्नु पनि एक किसिमको अपरिपक्वता हो।

You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for " @@@@***कस्तो बेलाको सम्पर्कले गर्भ रहन्छ ? जान्नुहोस, बिस्तृत जानकारी हेर्नुहोस यो टिप्स सबैलाई जाज्नु अति नै आवस्यकता===>>>>> "
Leave a reply