~~~के गर्दै थिए ठमेलमा यी पक्राउ परेका ३७ वंगलादेशी नागरिक>>>>>.

Posted by Anonymous on | 0 comments


काठमाडौं, माघ । ठमेलका विभिन्न ठाउँबाट ३७ जना बङ्गलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । सोह्रखुट्टे प्रहरी वृत्त प्रमुख, प्रहरी नायब उपरीक्षक सोमेन्द्रसिंह राठौरका अनुसार पक्राउ परेका उनीहरुको साथमा राहदानीलगायत कुनै कागजात छैन । प्रारम्भिक अनुसन्धानबाट बङ्गलादेशबाट भारत हुँदै नेपाल आएका उनीहरुले नेपालमा सिलाइकटाइको काम गर्दै आएका थिए । प्रनाउ राठौरले भने, “उनीहरुको अन्तिम लक्ष्य नेपालको नागरिकता र राहदानी बनाएर विदेशमा रोजगारीका लागि जाने देखिन्छ ।” पक्राउ परेकामा १९ वर्षदेखि ३४ वर्षसम्मको उमेरका रहेका छन् ।

0 comments for " ~~~के गर्दै थिए ठमेलमा यी पक्राउ परेका ३७ वंगलादेशी नागरिक>>>>>. "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives