_______दिनभरको भागदौड र व्यस्तताले भरिएको जिन्दगी र अनियमित खानपानले गर्दा हामी आफ्नो स्वास्थ बिग्रिरहेको हुन्छ ।?????>>>>>
Posted by Anonymous on | 0 comments
दिनभरको भागदौड र व्यस्तताले भरिएको जिन्दगी र अनियमित खानपानले गर्दा हामी आफ्नो स्वास्थ बिग्रिरहेको हुन्छ । जसको कारणले कैयन शारीरिक समस्याहरुको सामना गर्नुपर्छ ।यस्तै एक समस्या हो मोटोपना । जसबाट बच्नको लागि हामी धेरै खालका उपायहरु पनि अपनाउछौँ । घन्टौं जीममा पसिना बगाँउछौ र धेरै खालको शारीरिक अभ्यासहरु पनि गछौं तर पनि त्यसबाट छुटकारा पाउन सक्दैनौं । धेरै मानिस यस्ता हुन्छन् कि उनीहरु मोटोपना घटाउन खाना कम खान्छन तर यी मानिसहरुलाई यो थाहा हुँदैन कि यसले मोटोपना त कम हुनुको सट्टा अन्य कैयौं समस्याहरुको सामना गर्नुपर्छ । त्यस्लै यसले मोटोपना कम भइहाले पनि तपाईको अनुहारको चमक हराउने छ । हामी तपाईलाई यस्तो ड्रिंकको बारेमा बताउन गइरहेका छौं जसको मद्धतले तपाई सजिलै आफ्नो तौल कम गर्न सक्नुहुनेछ । केरा बाट बनेको यो ड्रिंक धेरै नै फाइदाजनक हुन सक्छ । तपाई अब सोचिरहनु भएको छ होला केरा खानाले कसरी तपाईको पेट कम होला तर तपाईलाई यो थाहा दिउ कि केरामा भरपुर मात्रामा पोषक तत्वहरु पाइन्छन् । यसमा पोटाशियम पाइन्छ जसले तपाइलाई मसल्स बनाउन मद्धत गर्छ, यसको साथै यसले तपाईको शरिरको विषाक्त पदार्थ बाहिर निकाल्छ । त्यसैले किन ढिलो गर्ने यसरी लिनुहोस केराको डिं«कको मजा । यसरी तयार गर्नुहोस यो ड्रिंक आवश्यक सामग्रीहरुः १. एक चम्चा नरिवलको तेल २. एउटा पाकेको केरा ३. एउटा सुन्तला ४. एक चौथाइ चम्चा अदुवाको धुलो ५. आधा गिलास चिल्लो नभएको दही ६. दुई चम्चा बटर ७. दुई चम्चा अलसीको बिउ यसरी बनाउनुहोस सबैभन्दा पहिले ब्लेन्डरमा यी सबैकुरा राखेर राम्रोसँग ब्लेन्ड गर्नुहोस् । जब यो पेस्ट स्मुथ बन्छ त्यसपछि ब्लेन्डर बन्द गर्नुहोस् र यसलाई एउटा गिलासमा राखेर पिउनुहोस् । केही दिनमै तपाईको शरिरमा परिवर्तन देखिन थाल्छ ।

You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for " _______दिनभरको भागदौड र व्यस्तताले भरिएको जिन्दगी र अनियमित खानपानले गर्दा हामी आफ्नो स्वास्थ बिग्रिरहेको हुन्छ ।?????>>>>> "
Leave a reply