====तपाईले नाकबाट रगत बगेको देख्नु भएकै होला । अथवा आफ्नै नाकबाट पनि रगत बगेको पनि होला । कहिलेकाहीँ बाहिरी कारणले नाकबाट रगतको बगेको त थाहा हुन्छ ।>>>???

Posted by Anonymous on | 0 comments


तपाईले नाकबाट रगत बगेको देख्नु भएकै होला । अथवा आफ्नै नाकबाट पनि रगत बगेको पनि होला । कहिलेकाहीँ बाहिरी कारणले नाकबाट रगतको बगेको त थाहा हुन्छ । तर कहिलेकाहीँ अचानक विना कारण नाकबाट रगत आईदिन्छ । नाकबाट एक्कासि रगत आएपछि हामी नाथ्री फुटेको भनेर सोच्न पुग्छौँ । नाकलाई माथि गरेर हातले केही बेर छोपेपछि रगत आउन छोड्छ । तर, कसैकसैलाई यो समस्या निरन्तर भईरहन्छ । आखिर किन आउँछ नाकबाट रगत ? नाकबाट रगत बग्नुका कारणबारे नाक, कान, घाँटीरोग विशेषज्ञ प्रा.डा. लालकिशोर यादवले यस्तो भनेका छन् : १. गर्मी समयमा तातोपनाका कारण नाकमा रहेका रक्तनलीहरू फुल्छन् । कतिपय साना नलीहरू आफै फुट्छन् र रगत आउँछ । २. कुनै चिज नाकमा ठोक्किएमा पनि चोटपटक लागेर नाकबाट रगत आउँछ । ३. रगतमा हुनुपर्ने प्लेटलेट्सको कमी हुँदा, रगत जम्न नदिने औषधि सेवन गरिरहेको अवस्थामा पनि नाकबाट रगत बग्न सक्छ । ४. रुघाखोकीलगायत अन्य रोगको संक्रमण भई नाकमा घाउ हुँदा पनि रगत आउन सक्छ । साथै नाकमा ट्युमर (मासु पलाउने) भएमा पनि नाकबाट रगत आउँछ । ५. रक्तजन्य रोगहरू हुँदा जस्तै ः होमोफेलिया भएको व्यक्ति, कलेजोको रोग भएका व्यक्तिको पनि नाकबाट बारम्बार रगत आउने हुन्छ । मिर्गौलामा समस्या भएकाहरूमा पनि नाकबाट रगत जाने समस्या हुन्छ । त्यसो भए उपचार के हो त ? १. बुढीऔँला र अर्को औँलाले बेस्सरी नाकलाई च्यापेर १० मिनेटसम्म अगाडिपट्टि निहुरिने । यसो गर्दा मुखबाट श्वास फेर्ने । रगत बग्न नियन्त्रण हुनसक्छ । नोजल ड्रप प्रयोग गरेर रगत रोक्नु हुँदैन । यसले तत्काल नसा खुम्च्याएर रगत बन्द गरे पनि केही समयमा नै पुनः रगत आउन सक्छ । २. १० मिनेटसम्म थिच्दा पनि रगत आउन नछोडे तत्काल नजिकको स्वास्थ्य संस्थामा गएर जँचाउने । त्यसो गर्दा रगत नरोकिए कारण गम्भीर हुनसक्छ । ३. नाकको अगाडिको भागमा नसा फुटेर रगत आएको भए औषधिबाट नै ठीक हुन्छ भने पछाडिपट्टि समस्या भएमा एक प्रकारको चक्कीले प्रेसर दिएर रगत रोक्नुपर्ने हुन्छ । ४. विभिन्न रोगको असरका कारण रगत आएको भएमा रोगकै उपचार गर्नुपर्छ । ५. नाकबाट रगत आउने व्यक्तिले घाममा निस्कँदा होस पु¥याउनुपर्छ । केटाकेटीलाई धेरै गर्मीमा खेल्न दिन हुँदैन । केटाकेटी घाममा धेरै खेल्दा र दौडँदा तापक्रम बढी भएर नाकमा रहेका रक्तनली फुट्ने सम्भावना बढी हुन्छ ।

0 comments for " ====तपाईले नाकबाट रगत बगेको देख्नु भएकै होला । अथवा आफ्नै नाकबाट पनि रगत बगेको पनि होला । कहिलेकाहीँ बाहिरी कारणले नाकबाट रगतको बगेको त थाहा हुन्छ ।>>>??? "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives