~===(म आफ्नो बूढा (श्रीमान्) लाई अति माया गर्छु । त्यसैले म उनीसँग सेक्सका साथै सक पनि गर्छु)==>>>>

Posted by Anonymous on | 0 comments


म आफ्नो बूढा (श्रीमान्) लाई अति माया गर्छु । त्यसैले म उनीसँग सेक्सका साथै सक पनि गर्छु । उनको वीर्य मेरो मुखमा झर्छ । भविष्यमा यसले कुनै रियाक्सन वा समस्या हुन्छ कि? अर्थात् म गर्भवती हुन्छु कि हुन्न ? यसले मेरो श्रीमान्लाई कुनै असर गर्छ कि ? मुखमैथुन तपाईंले भन्नुभएको क्रियाकलाप मुखमैथुन हो । एक व्यक्तिको यौनअङ्ग अर्को व्यक्तिको मुखको सम्पर्कमा ल्याई गरिने यौन क्रियाकलापलाई नै मुखमैथुन अर्थात् oral sex भनिन्छ । कतिपयले यसलाई पनि एक किसिमको यौनसम्पर्क नै मान्छन् । त्यस अर्थमा तपाईंहरूले योनि–लिङ्ग मैथुनका साथै मुख मैथुन पनि गरेको बुझिन्छ । वास्तवमा मुखमैथुन भन्दा १.लिङ्ग–मुख मैथुन (Fallatio ), २.योनि–मुख मैथुन (Cunnilingus) ३. गुद्द्वार–मुख मैथुन (Anilingus) सबै प्रकारलाई बुझ्नुपर्छ । लिङ्ग–मुख मैथुन तथा गुद्द्वार–मुख मैथुन पुरुष–पुरुष तथा पुरुष–महिलाका बीचमा हुनसक्छ भने योनि मुख मैथुन पुरुष–महिला तथा महिला–महिलाका बीच हुनसक्छ । मुखमैथुन कतिपय व्यक्तिका लागि निकै सुखदायी तथा आकर्षक हुन्छ भने कतिका लागि एकदमै विकर्षक । मुखमैथुनबाट आनन्द प्राप्त गर्न रुचाउने व्यक्ति वा जोडी प्रशस्तै छन् । तपाईंहरू त्यस्तै प्रकारको जोडीमा पर्नुभएको स्पष्ट हुन्छ । कतिपयले अहिले यो पश्चिमा यौनसंस्कृतिको प्रभाव पूर्वीय समाजमा परेको मान्छन्, तर यसको चलन अहिले मात्र आएको होइन भन्ने कुरा कामसूत्रमा ऋषि वात्स्यायनले पनि मुखमैथुनका बारेमा वर्णन गरेबाट पुष्टि हुन्छ । ऋषि वात्सायनले मुखमैथुनलाई विभिन्न आठ नाममा वर्गीकृत गरेका छन् । ती हुन्—निमित्त (हातले लिङ्गलाई समातेर ओठ त्यसमा राखेर मुख गोलो पारेर हल्का किसिमले घर्षण गर्नु), पाश्र्वतोदष्ट (लिङ्गको अघिल्लो भागलाई हातले छोपेर, पछिल्लो भागलाई ओठले दबाउने), बहिसन्देश (लिङ्गको अग्रभागलाई मुखभित्र राखेर अघिपछि गर्ने), अन्त:सन्देश (बहिसन्देशभन्दा बढी नै मुखभित्र राखेर अघिपछि गर्ने), चुम्बितक (ओठलाई चुम्बलिएजस्तै चुम्बन लिने), परिमुष्टक (जिब्रोले लिङ्गको अग्रभाग चलाउने), आम्रचूसितक (लिङ्गलाई मुखभित्र राखेर आँप चुसेजस्तै चुस्ने), संगर (लिङ्गलाई दाँतले स्खलित नभएसम्म दबाउने) । के मुखमैथुनले हानि गर्छ ? मुखमैथुनजस्ता यौन क्रियाकलाप स्वस्थकर हुन–होइनन् भन्ने शंका धेरैमा पाइन्छ । स्वस्थ व्यक्तिमाझ मुखमैथुन गर्नु सुरक्षित छ । यसले स्वास्थ्यमा कुनै किसिमको हानि गर्दैन । यदि यौनरोगहरू छन् भने सर्न सक्छ, जुन कुरा लिङ्ग–योनि वा अन्य किसिमको यौनसम्पर्कमा पनि लागू हुन्छ । यदि यौनरोग छ भने राम्रोसँग उपचार गराएपछि वा भनौं निको भएपछि मात्र यस्ता क्रियाकलापमा सरिक हुनु बेस हुन्छ । यदि यौनसाथीमध्ये कसैलाई यौनरोग लागेको शंका छ भने त्यसलाई सुरक्षित बनाउनु आवश्यक छ । वीर्यपानले केही असर गर्ला कि ? छोटकरीमा भन्नुपर्दा कुनै स्वस्थ व्यक्तिको वीर्य खाँदा अर्थात् वीर्यपान गर्दा कुनै हानि हुँदैन । वीर्यमा कुनै विषालु पदार्थ हुँदैन । रसायनिक दृष्टिकोणले हेर्ने हो भने पनि त्यसमा केही सामान्य कार्बोहाइड्रेड, केही प्रोटिनका साथमा मुख्यत: पानी हुन्छ । यसमा भएका पदार्थ एक विशेष मानवकोष ‘शुक्रकीट’ बाँच्न सकोस् भनेर संरचना गरिएको हुन्छ, यसमा त्यसैले मानवकोषलाई हानि गर्ने किसिमको कुनै पदार्थ हुँदैन । अर्को कुरा, हाम्रो सुरुवात नै वीर्यमा रहेको कुनै एक शुक्रकीटवाट भएको हो र आधाजसो वंशाणु हामीले त्यसबाटै पाएका छौं । वीर्य निलिएपछि आमाशय (पेट)मा पुग्छ र त्यहाँको पाचनरस (एसिड)मा शुक्रकीटहरू मर्छन् अनि अन्य पदार्थका साथ पच्छन् । यसको मात्रा भने एकदमै थोरै हुन्छ । कसैकसैमा धारणागत भिन्नताका कारण वीर्य मुखमा परेको मन नपर्न सक्छ । कसैलाई यसको स्वाद वा गन्ध नै मन पर्दैन । त्यसो हुँदा वाकवाकलाग्ने हुन सक्छ, तर तपार्इंमा त्यस्तो कुनै कुरा भएको देखिँदैन । तपाईंले खाने कतिपय कुराले वीर्यको स्वादमा केही परिवर्तन ल्याउन सक्छ । उदाहरणका लागि कफी वा रक्सीको सेवनले त्यसमा तीतोपन बढाउन सक्छ भने भुइँकटहर, आँप, किबी, काँक्रो, पार्सले जस्ता वस्तुले गन्ध राम्रो बनाउँछ । एचआईभी तथा यौन रोग सर्ने सन्दर्भमा वीर्यपानको कुरा पनि निकै उठेको पाइन्छ । तपाईमा कुनै यौनरोग छ भने लिङ्ग योनि मैथुनमा जस्तै शरीरबाट निस्कने तरल पदार्थको सम्पर्कमा आउँदा पनि सर्ने सम्भावना हुन्छ । त्यसैले यसमा अनावश्यक चिन्ता लिनु मनासिव हुँदैन । गर्भ रहने कुरा ? तपाईंले लिङ्ग–योनि मैथुन पनि गरिरहनुभएको बुझिन्छ । गर्भ रहन तपाईंको योनिमा श्रीमान्को वीर्य स्लखन भएकै हुनुपर्छ । यदि गर्भ निरोधको कुनै उपाय नअपनाएको स्थितिमा गर्भ रहने सम्भावना त हुने नै भयो । तपाईंको संकेत मुखमैथुन गर्दा हुने वीर्यपानले गर्भ रहन्छ कि भन्ने हो भने माथि नै भनिसकियो कि पेटमा भएको अम्ल (एसिड)को सम्पर्कमा आउँदा सुक्रकिट मर्छन् । यसमा मुख्य: कुरा के हो भने ती शुक्रकिट पेटमा पुगे पनि तल्लो पेट अर्थात् पाठेघरमा पुग्दैनन् । पाठेघर अनि डिम्बवाहिनी नलीमा वीर्यमा भएका शुक्रकीट पुर्‍याउन वीर्यलाई योनिमा स्खलित गराउन आवश्यक छ न कि मुखमा । आशा गर्छु, कुरा बुझ्नु नै भयो होला । कान्तिपुर साप्ताहिकबाट साभार

0 comments for " ~===(म आफ्नो बूढा (श्रीमान्) लाई अति माया गर्छु । त्यसैले म उनीसँग सेक्सका साथै सक पनि गर्छु)==>>>> "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives