====## (`ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन्)=== >>>>

Posted by Anonymous on | 0 comments


बैतडी, २८ माघ, बैतडीमा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा ट्रकका सहचालक श्रीकोट–३ का १९ वर्षीय किशोरसिंह ऐरी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक कमल विष्टले जानकारी दिए । गम्भीर घाइते भएका ऐरीको उपचारका लागि धनगढी लैजाँदै गर्दा बैतडीको सतबाँझ पुग्दा बाटोमै ज्यान गएको हो । मृतकको शवपरीक्षणका लागि जिल्ला अस्पताल बैतडीमा राखिएको छ । यस्तै, ट्रक चालक बैतडी श्रीकोट–४ का अन्दाजी २४ वर्षीय मोहनराज जोशी र श्रीकोट–४ का २१ वर्षीय सागर चन्द गम्भीर घाइते भएका छन् । घाइते चालक मोहनको आँखा, निधार र छातीमा तथा सागरको टाउको, आँखा र खुट्टामा चोट रहेको छ । घाइते तीनैजनाको बैतडीमा उपचार हुन नसक्दा थप उपचारका लागि धनगढी रिफर गरिएको प्रहरीले बताएको छ । महाकाली राजमार्गअन्तर्गत पन्ज्युनयाँ सतबाझ सडकखण्डअन्तर्गत सित्तड–२ चमतडीमा ना ३ ख ५७२३ नंको ट्रक बिहीबार साँझ ७ बजेतिर दुर्घटनामा परेको हो । बालुवा बोकेर सतबाँझतर्फ आइरहेको उक्त ट्रक सडकबाट २० मिटर तल खोलामा खसेको प्रहरीले बताएको छ । ट्रक दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।

0 comments for " ====## (`ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन्)=== >>>> "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives