====****>>>(केही हुँदैन, झन् रमाइलो हुन्छ भन्दै यो समयमा सेक्स गर्नुहुन्छ ! केहि समस्या त हुँदैन ?==>>>
Posted by Anonymous on | 0 comments
मेरो श्रीमान् म महिनावारी भएको बेला सेक्स गर्न खोज्नुहुन्छ । यस्तो बेलामा छुनु हुन्न भन्ने हाम्रो परम्परा छ । उहाँ भने ‘केही हुँदैन, झन् रमाइलो हुन्छ’ भन्नुहुन्छ । महिनावारीमा सेक्स गर्न हुन्छ कि हुँदैन ? यसले महिलालाई शारीरिक हानि त हुने होइन ?-सी
तर, महिनावारी भएको बेला सेक्स गर्दा कुनै पनि प्रकारको हानि हुँदैन । अझ महिनावारीको समय सेक्स गर्न अभ्यस्त जोडीहरूका अनुसार यतिबेलाको सेक्स अझ बढी आनन्ददायी हुन्छ ।
मेडिकल साइन्सका अनुसार महिनावारी भएको बेला सम्भोग गर्दा कुनै हानि हुँदैन । तर, महिलाले अत्यधिक दुखाइ महसुस गरेकी छिन्, रगत धेरै मात्रामा बगेको छ र कुनै संक्रमण भएको छ भने सम्भोग नगर्नु राम्रो हुन्छ । कति पुरुष भने रजस्वला भएको बेला महिलाको योनीमा रगत हुने हुँदा फोहर पनि महसुस गर्छन् । यस बेला सम्भोग गर्न सहज मान्ने, नमान्ने दुवैको चाहनामा भर पर्दछ । यस्तो बेलाको यौन सम्बन्धले आनन्द नआउने कुनै कारण छैन ।
सामान्यतया महिनावारी भएको बेलामा गरिएको यौन सम्बन्धले स्वास्थ्यलाई पनि राम्रो बनाउँछ । यस्तो बेलामा गहन सम्भोग गरियो भने इन्डोर्फिन नामक हर्मोन सक्रिय हुन्छ, जसले महिलाको महिनावारीबाट भएको पीडालाई तुरुन्त कम गर्छ ।
अमेरिकामा हालै गरिएको अनुसन्धानअनुसार महिनावारीको बेला सम्भोग गर्दा महिनावारीको समय पनि कम हुने प्रतिवेदन सार्वजनिक गरेको छ । चरम यौन आनन्दमा महिनावारीको रगत छिटो योनीबाट बाहिर निस्कने हुँदा अरू बेलाको भन्दा महिनावारीको समय छोट्टिने जानकारी दिइएको छ ।

You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for " ====****>>>(केही हुँदैन, झन् रमाइलो हुन्छ भन्दै यो समयमा सेक्स गर्नुहुन्छ ! केहि समस्या त हुँदैन ?==>>> "
Leave a reply