~~~~हेर्नुहोस यो ताजा खबर संसारमा यस्तो पनि रहेछन कस्तो अच्चम : कम्पनीले भर्ना गर्दैछ निर्वस्त्र घरेलु कामदार, महिला मात्र योग्य ,===>>>>

Posted by Anonymous on | 0 comments


एजेन्सी –बेलायतको लण्डनस्थित एक कम्पनीले हालै प्रकाशित गरेको विज्ञापन सूचनाले धेरैलाई अचम्ममा पार्‍यो । प्रकृतिवाद तथा सरसफाइसम्बन्धी सेवा दिने बेलायतको एक अग्रणी कम्पनी नेचुरिष्ट क्लिनर्सले यस्ता महिला कर्मचारीका लागि विज्ञापन खोलेको छ, जसले निर्वस्त्र भएर निजी घरहरुको सरसफाइ गर्नेछन् । ती महिला कामदारहरुले केवल चप्पल र पञ्जा मात्र लगाउन पाउनेछन् ।सबै उमेर र साइजका महिलाहरुले दरखास्त हाल्न पाउने कम्पनीले जनाएको छ । जागिरमा छनोट हुनेले घण्टाको ६ हजार रुपैयाँका दरले तलब पाउनेछन्।


‘हामी महिला प्राकृतिक सरसफाइकर्ताको खोजीमा छौँ, जसले निर्वस्त्र भएर निजी घरहरुको सफाइ गर्नेछन् । उनीहरुले धुलो बढार्ने, भ्याकुम लगाउने, बगैँचामा पानी हाल्ने, ओछ्यान मिलाउने, वासिंग मेसिन प्रयोग गरेर कपडा धुने, आइरन गर्ने तथा झ्याल सफा गर्ने जस्ता सफाइ सम्बन्धी सबै काम गर्नुपर्नेछ’ विज्ञापनमा भनिएको छ ।
कम्पनीले निर्वस्त्रवादलाई समर्थन गर्ने न्युडिस्ट कम्युनिटीका सदस्यहरुलाई प्राथमिकताका साथ सेवा दिनेछ । तर उनीहरुले कामदारलाई छुन भने पाउने छैनन् ।
कम्पनीले तीन प्रकारका सेवा दिँदै आएको छ, एउटामा कामदार निर्वस्त्र हुन्छन्, अर्कोमा घरधनी निर्वस्त्र हुन्छन् र अर्कोमा दुबै नै निर्वस्त्र हुन्छन् ।यो कम्पनी दुई वर्ष पहिले स्थापित भएको हो र अहिले लण्डनबाहिर पनि सेवा प्रवाह गर्न थालिसकेको छ ।
कम्पनीकी संस्थापक लाउराले यो निर्वस्त्र सफाइ व्यवसाय न्युडिस्ट समुदायका लागि भएको र यसमा यौनिक भन्ने कुनै गन्ध नै नआउने बताउँछिन् ।

0 comments for " ~~~~हेर्नुहोस यो ताजा खबर संसारमा यस्तो पनि रहेछन कस्तो अच्चम : कम्पनीले भर्ना गर्दैछ निर्वस्त्र घरेलु कामदार, महिला मात्र योग्य ,===>>>> "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives