===कैचीले होइन आगोको ज्वालाले कपाल काट्ने यि पाकिस्तानी हेर्नुहोस यो नया तरिकाको भिडियो===>>>
Posted by Anonymous on | 0 comments
तपाई कपाल काट्न कुनै शैलुनमा छिर्नुभयो, हजामले कैची चलाएर होइन आगोको ज्वालाले तपाईको कपाल मिलायो भने तपाई कस्तो अनुभव गर्नुहुन्छ ? पाकिस्तानका एक हजाम यतिखेर उनको कपाल काट्ने शैलीको कारणले चर्चामा छन् ।
उनि आगोसँग खेलेर ग्राहकहरुले भनेजस्तो कपाल काट्ने गर्छन् । यो नै उनको दैनिकी नै बनेको छ । आफ्नो शैलुनमा आएका ग्राहकहरुको कपाल काट्न उनि आगोको ज्वाला र काइयोको साहार दिन्छन् । यसरी कपाल काटिरहँदा उनको शैलुनमा हेर्नेहरुको जमातपनि उत्तिकै हुन्छ ।
पाकिस्तानका एक पत्रकार ओमार आर कुरेइसीले एक भिडियो सहितको टुइट गर्दै यि पाकिस्तानी हजामको दैनिकी ग्राहकहरुको कपालमा आगो बालेर बित्ने गरेको छ भनेर उल्लेख गरेका छन् ।हजामका अनुसार उनि जस्तो प्रकारको कपाल पनि काट्न सक्छन् । उनि भन्छन् मैले प्रयोग गर्ने आगोको ज्वालाले केही पनि हानी गर्दैन किनकी प्रयोग गर्ने तरिका मलाई थाहा छ ।
उनि पातलो कपाल भएको मानिसको कपालमा आगोको ज्वाला प्रयोग गर्दा पोल्ने हुनाले प्रयोग गर्दैनन् । हजाम आफ्नो सेक्रेटको बारेमा कसैलाई बताउन चाँहदैनन् । आफ्नै कला भएको कारणले उनले कसैलाईपनि आफ्नो सेक्रेट बताएका पनि छैनन् ।
उनको शैलुनमा आउने ग्राहकहरुले दिएको प्रतिक्रिया अनुसार सुरुमा सबैलाई डर लाग्छ तर उनको अनुभवको कारणले छुट्दै आनन्द आउने बताउँछन् ।

You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for " ===कैचीले होइन आगोको ज्वालाले कपाल काट्ने यि पाकिस्तानी हेर्नुहोस यो नया तरिकाको भिडियो===>>> "
Leave a reply