====जावलाखेलमा सडक खन्ने क्रममा माटोभित्र भेटियो गाडेको पैसा भेटिएपछि टिप्नेको लर्को..>>>>
Posted by Anonymous on | 0 comments
काठमाडौं, माघ २५ । ललितपुरको जावलाखेलमा गाडेको पैसा अर्थात ‘गाडधन’ फेला परेको छ । महानगरीय प्रहरी परिसर ललितपुरको ढोकैमा पुरातात्विक महत्वका सामग्री फेला परेका हुन् । ढल निकासका लागि सडक खन्ने क्रममा माटोभित्र भाँडामा राखिएका पुराना सिक्का लगायतका सामग्री फेला परेका हुन् । सिक्का टिप्न बटुवाको भीड नै लागेको छ । तामाका सिक्का भेटिएको भए पनि ती सिक्कामा कुनै कुरा लेखिएको छैन । लामो समयसम्म माटोमा रहेका कारण सिक्कामा लेखिएको कुरा मेटिएको हुन सक्ने आशंका छ ।

You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for " ====जावलाखेलमा सडक खन्ने क्रममा माटोभित्र भेटियो गाडेको पैसा भेटिएपछि टिप्नेको लर्को..>>>> "
Leave a reply