++++(फलामको बाकसभित्र थुनिएका किशोरको यसरी उद्धार गरिएपछि))==…>>>>??//
Posted by Anonymous on | 0 comments
काठमाडौं । पानीपोखरीस्थित नेपाल प्रहरी अस्पतालको केही मिटर पर पुगेपछि दायाँतिर एउटा गल्ली आउँछ। गल्लीको आसपासमा भिआईपीका जस्ता घर छन्। तीनै घरको बीचमा एउटा सानो टहरा पनि छ । टहराको सामुन्ने एउटा सानो सुकेको रुख र एउटा फलामे रड बाँधेर बनाएको एउटा सानो बाकस छ । बाकसभित्र एउटा किशोर थुनिइन्छ। रुखमा अर्को किशोर बाँधिन्छ । २० वर्षीय अनिल राना र उनका भाई १३ वर्षीय सुनील रानाको दैनिकी कहिले बाकसमा थुनिनु त कहिले रुखमा बाँधिएरै बिथ्यो, बुधबारसम्म । अनिल र सुनिलको शरिर भरी चोटैचोट छ। अनुहार, हात, टाउकोमा चोटैचोट लागेको केही परबाटै प्रस्ट देखिन्छ। एक जापानी नागरिकको प्रयास, सामाजिक सन्जालको प्रयोग र सहारा केन्द्रको तत्परतापछि उनीहरुको बिहीबार उद्धार भएको छ । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ । जापानी नागरिक माकितो मिनामी कति पटक नेपाल आए, उनीसँग हिसाब छैन। ‘गन्न सक्दिन’, नेपाल कति पटक आउनु भयो भन्ने जिज्ञासामा मिनामीले भने । तर यसपटकको नेपाल बसाई भने उनी जिवनभर भुल्ने छैनन्। मानवशास्त्र सम्बन्धी रिसर्च गर्न नेपाल आएका उनकै एउटा सानो प्रयासले कैदीजस्तै जिवन बिताईरहेका एकै घरका दुई जना किशोर बिहीबार एक सहारा केन्द्रमा पुगेका छन् । एक साता अघिको कुरा हो, महाराजगन्जस्थित साथीको घरमा बसिरहेका बेला मिनामीले बाहिरबाट बच्चा चिच्याईरहेको आवाज सुने, त्यसमा फलामको ककर्ट आवाज पनि मिसिएको थियो। झ्याल खोलेर हेरे, सानो झुपडीजस्तै लाग्ने घरको आगनमा कहालीलाग्दो दृश्य देखे। एउटा बालकलाई रड बाँधेर बनाएको बाकसमा थुनिएको थियो भने अर्कालाई नजिकै रहेको रुखमा बाँधिएको थियो। ‘मैले जिवनमै यस्तो दृश्य पहिलो पटक देखेको हुँ र चाहन्छु यो अन्तिम पटक बनोस् ‘, मिनामीले भने। रामबहादुरले मानव अधिकारको क्षेत्रमा काम गरिरहेका साथी दुर्गानाथ दाहाललाई खबर गरे। दाहालले बुधबार उक्त भिडियो सामाजिक सन्जालमा राखे। भिडियो भाइरलजस्तै भयो। विभिन्न सहारा केन्द्रले दाहाललाई आफूले ती बच्चालाई राख्ने भनेर खबर गरे। ‘तर बच्चा सुस्तमनस्थिती भएकाले जसलाई पायो त्यसलाई दिन सँकिदैन थियो ‘, दाहालले भने। उनले बालाजुमा रहेको मानव सेवा आ श्रम सुस्तमनस्थितीबारे राम्रो सहारा केन्द्र रहेको बुझेर सम्पर्क गरे। मानव सेवा आश्रम तयार भयो । बिहीबार बिहान समाजकल्याण परिषद्को प्रतिनिधिको रोहबरमा ती दुई बालकलाई उक्त आ श्रमको जिम्मा लगाईएको छ।

You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for " ++++(फलामको बाकसभित्र थुनिएका किशोरको यसरी उद्धार गरिएपछि))==…>>>>??// "
Leave a reply