++++(ट्रकले स्कुटरलाई ठक्कर दिँदा दुई युवतीको मृत्यु)>>>>>????///
Posted by Anonymous on | 0 comments
काठमाडौं, ६ फागुन । काठमाडौंको बालाजुमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा दुई युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक मकवानपुर मनोहरीकी ३८ बर्षीया रीमा कुमारी राई र स्कुटर पछाडी बसेकी धादिङ खाल्टे की ३५ बर्षीया सोनिया थापा रहेकी महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । बालाजुस्थित माछापोखरी सडकखण्डमा शुक्रबार मध्यान्ह ना ५ ख ८४६५ नम्बरको ट्रकले बा ७७ प ३२० नम्बरको स्कुटरलाई ठक्कर दिँदा उनीहरुको मृत्यु भएको हो । दुर्घटनामा संलग्न सवारी साधनलाई महानगरीय प्रहरी वृत बालाजुले नियन्त्रणमा लिएको छ भने ट्रक चालक फरार रहेकोले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for " ++++(ट्रकले स्कुटरलाई ठक्कर दिँदा दुई युवतीको मृत्यु)>>>>>????/// "
Leave a reply