~~~प्रेमीसँग मिलेर आमाले गरिन् आफ्नै छोराको हत्या>>>?????
Posted by Anonymous on | 0 comments
एजेन्सी । कलियुगमा सामाजिक तथा पारिवारिक सम्बन्धमा आँच आउने घटना घट्न थालेका छन् ।भर्खरैमात्र एक ५४ वर्षीय महिलाले आफ्नो प्रेमीसँग मिलेर छोराको हत्या गरेको घटना सार्वजनिक भएको छ ।घटना भारतको मुम्बईको हो । मुम्बई प्रहरीका अनुसार दुबईका आबुधाबीमा कार्यरत २८ वर्षीय छोरा रोनीको घर आएका बेला मुम्बईमा आमा शिसिलिया डिसूजा र उनका प्रेमीले हत्या गरेका हुन् । हत्याको अभियोगमा आमलाई गिरफ्तार गरिएको छ ।आमा परपुरुषसँगको प्रेम चक्करमा परेको थाहा पाएपछि छोराले विरोध तथा आपत्ति जनाउँदै आएका थिए । त्यहीकारण आमाले प्रेमीसँग मिलेर उनको हत्या गरेको अनुसन्धानमा खुलेको छ ।आमाका प्रेमी उनकै ड्राइभर भएको खुल्न आएको छ ।ती महिलाले श्रीमानसँग पहिला नै सम्बन्ध विच्छेद गरिसकेकी थिइन् । छोराको विरोध सहन नसकेर आमाले नै ड्राइभरलाई मार्न लगाएकी हुन् ।प्रहरीले महिलाका प्रेमीलाई पक्रन सकेको छैन् । हत्या लगत्तै उनी फरार छन् । महिलालाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ

You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for " ~~~प्रेमीसँग मिलेर आमाले गरिन् आफ्नै छोराको हत्या>>>????? "
Leave a reply