---======काठमाडौंमा विद्यार्थीद्धारा आत्महत्या, आत्महत्या गर्नु अगाडि यस्तो स्टाटस् लेखे..........हेर्नुहोस् भिडीयो सहित==>>>>
Posted by Anonymous on | 0 comments
काठमाडौंं, फागुन ३— पछिल्लो समय नेपालमा आत्महत्या गर्नेक्रम तीव्र बन्दै गएको छ । यसैक्रममा काठमाडौंको कमलादीमा रहेको युनिग्लोबल कलेजमा कक्षा ११ होटल म्यानेजमेन्टमा अध्ययनरत विद्यार्थी अरुणदेव यादवले आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेका छन् । आत्महत्याको यकिन कारण नखुले पनि पछिल्लो समय उनी मानसिक तनावमा रहेको र आत्महत्या गरेको अनुमान गरिएको छ । उनले आत्महत्या गर्नुकेही दिन अगाडि फेसबुकमा एक स्टाटस् लेख्दै आफ्नो फेसबुक अकाउन्ट डियाक्टिभ गरेको जनाएका थिए । साथै आफूसँग कहिल्यै फेसबुक, फोन कन्ट्याक नहुने र सबैजनालाई बाईबाई भनेका थिए । उनका नजिकको साथीले बताए अनुसार उनले केही समय अघि देखि साथिहरुसँग पनि आफू छिट्टै मर्ने बताएका थिए । प्रेममा कसैले धोका दिएको र आफू अध्ययनरत कलेजमा पनि युवती जिस्काएको कारण उनलाई कलेज प्रशासनले निष्काशित गर्ने चेतावनी दिएको भन्दै मानसिक तनावमा रहेको बताएका थिए |

You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for " ---======काठमाडौंमा विद्यार्थीद्धारा आत्महत्या, आत्महत्या गर्नु अगाडि यस्तो स्टाटस् लेखे..........हेर्नुहोस् भिडीयो सहित==>>>> "
Leave a reply