~~~>>>हेर्नुहोस यी सुन्दरीलाई महाशाखाको ठगी हेर्ने शाखाका अधिकारी सामु उनले पोखरेलले बुनेको ठगीको सबै तानाबाना खोलिन्===>>>>

Posted by Anonymous on | 0 comments


काठमाडौँ : वैदेशिक रोजगारीको आवरणमा ठगी गरेको अभियोगमा पक्राउ परेका ईश्वरीप्रसाद पोखरेलविरुद्ध उजुरी बोकेर कार्यालय आएकी २३ वर्षीया सरिता (परिवर्तित नाम) को दुखेसो सुने लगत्तै महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी अधिकृत चनाखो भए। कसरी ? ‘डेढ वर्षदेखि यसले मलाई धम्क्याउँदै शारीरिक शोषण गर्‍यो, ठगीको पैसा निकाल्न मलाई नै प्रयोग गर्‍यो।’ इजरायल र दक्षिण कोरिया पठाउने भन्दै १ करोड बढी रकम ठगी गरेको उजुरीका आधारमा महाशाखाले बिहीबार पोखरेललाई पक्राउ गरेपछि थप पीडितको खोजीमा रहेको प्रहरीका लागि ती युवतीको उजुरीको प्रकृति थप गम्भीर लाग्यो। महाशाखाको ठगी हेर्ने शाखाका अधिकारी सामु उनले पोखरेलले बुनेको ठगीको सबै तानाबाना खोलिन्। सुनसरीकी सरिता अवसरको खोजीका लागि काठमाडौं महांकालको एक घरमा डेरामा बस्दै आएकी थिइन्। कामको खोजीमा रहेकी उनी जुन घरमा बस्थिन्। पोखरेल उपहार दिने घर खोज्दै एक वर्ष अघि त्यही आइपुगेका थिए। ‘म मन्त्रीको मान्छे, एक जनालाई घर गिफ्ट दिनु छ, राम्रो घर कता पाइएला।’ ‘खै यतातिर त कसले बेच्ला र’ उनी डेरामा बसेको घरनै बेचिहाल्छन् कि भन्दै पोखरेलले घर डुले, उनलाई घर हेर्न सरिताले सघाइन्। पोखरेलको बोली मिठो थियो। त्यसमा पनि घरै उपहार दिनसक्ने आर्थिक हैसियत भएका व्यक्ति ! रोजगारीको खोजीका थिइन् उनी। छुट्टिने बेला पोखरेलले उनको फोन नम्बर माग्छन्, उनले निसंकोच दिन्छिन्। दोस्रो दिनदेखि दुबैबीच फोनमा कुराकानीको क्रम शुरु हुने नै भयो। फोनमा कुराकानीको क्रममा सरिता रोजगारीको खोजिमा रहेको भेउ पाइहाले पोखरेलले। ‘आऊ न त मेरै अफिसमा म काम दिइहाल्छु नि।’ रोजगारीको खोजीमा भौँतारिएकी उनका लागि ढुङ्गो खोज्दा देउता पाए सरह भयो। उनले पोखरेलको प्रस्ताव सहजै स्वीकारिन्। एकै कार्यालयमा काम गर्ने दुबैबीच छोटो समयमै निकट सम्बन्ध भयो। कर्मचारी र मालिकको सम्बन्ध विस्तारै आत्मीय तहमा प्रवेश भयो। पोखरेलले पहिलो श्रीमती नराम्री भएको र सम्बन्ध विच्छेद गर्ने प्रक्रिया अघि बढाइसकेको खुलेपछि सम्बन्ध थप गाढा बन्छ। पोखरेलले विवाहको प्रस्ताव तत्काल स्वीकार नगरे पनि सँगै बस्न राजी हुन्छिन्। ………….. जब दुबै सँगै बस्न थाल्छन्, पोखरेलको दैनिकी उनलाई अलि अनौठो लाग्छ। पोखरेल प्राय फोनमा वैदेशिक रोजगारीका बारेमा कुरा गर्थे, अनि पैसाको मोलमोलाई हुन्थ्यो। ‘चिन्ता गर्नु पर्दैन, म पठाइहाल्छु नि’ अधिकांशलाई उनी प्रायः यस्तै आश्वासन दिन्थे। विस्तारै सरितालाई पोखरेलमाथि शंका बढ्न थाल्छ। ‘मन्त्रीको मान्छे’ भन्ने शब्द पोखरेलको ठगीको अस्त्र रहेको खुल्दा ढिला भइसकेको थियो। रोजगारीको खोजीमा पोखरेलको सम्पर्कमा पुगेर प्रेमिका बनेकी उनी एक नटवरलाल ठगको फन्दामा परिसकेकी थिइन्।राम्रै मान्छे भनेर संगत गरेका ब्यक्ति ठग भएको खुलेपछि उनी पोखरेलसँग टाढिन नखोजेकी हैनन, तर सकिनन्। ‘मलाई छाडेर हिँड्यौ भने तिमीसँगको सेक्स भिडियो सार्वजनिक गरिदिन्छु ’ भन्ने पोखरेलको धम्कीका अगाडि उनको साहसले हार खायो। पोखरेलको ठगीका श्रृंखला चाल पाउनु उनका लागि थप कष्टकर भयो। जीवन साथी बनाउँछु भन्दै विश्वासमा पारेकी युवतीलाई ठगीको रकम व्यवस्थापन गर्ने हतियारको रुपमा प्रयोग गर्छन् उनले। प्रहरीमा दिएको जाहेरीमा उल्लेख भए अनुसार वैदेशिक रोजगारीको प्रलोभनमा पारेर ठगी गरेको रकम सरिताको खातामा जम्मा हुन्थ्यो तर पैसा पोखरेलले निकाल्थे। रकम लेनदेनको कागज गर्दा पोखरेलले उनलाई आफ्नी श्रीमती भन्दै कागज गराउँथे। करिब २ वर्षसम्म उनी यसरी नै पोखरेलको ठगी जालोको हतियार बनिरहन्छिन्। भिडियो अनि उसले ठगी गरेको पैसा लिएको कागजमा आफ्नो नाम समेत भएकाले प्रहरीमा गए कारवाहीमा पर्ने भयले उनी पोखरेलको कठपुतली बनिरहिन्। अपराध महाशाखामा पोखरेलविरुद्ध उजुरी परे पनि बेखवर थिए उनी। अधिकांश समय भारतको लखनउमा बस्दै आएका उनलाई प्रहरीले आफ्नो पञ्जामा पार्न सकेको थिएन। पोखरेल अमेरिका जाने तयारीमा छन् भन्ने सूचना आएपछि महाशाखाको टोली चनाखो भएको थियो। पोखरेल भारतमा बसे पनि उनी नेपाली नागरिक थिए। अमेरिका जाने अनुमतिका लागि नेपाल आउनु बाहेकको अर्को विकल्प थिएन। पोखरेल नेपाल आए र अमेरिकी दुतावासमा आवेदन समेत दिए। आवेदन दिएर फर्केका के थिए, कमलपोखरीमा उनी महाशाखाको फन्दामा परिहाले। रोजगारको प्रलोभनमा आफ्नो जीवन नै बर्बाद बनाउने ब्यक्ति प्रहरीको फन्दामा परेको सूचना पाएपछि उनै युवती शुक्रबार आफ्ना व्यथा सहित टेकुमा पुगेर प्रहरीसामु पोखरेलले गरेको शारीरिक शोषणदेखी ठगीका फेहरिस्त खोलिन्। ‘उनले पोखरेलले आफूलाई ठगीमा प्रयोग गरेको बयान दिएकी छिन्’ महाशाखाका प्रहरी निरीक्षक गोविन्द पन्थीले भने, ‘उनको बयानमा खुले अनुसार कमजोरिलाई समातेर मोहरा बनाएको देखिन्छ ।’

0 comments for " ~~~>>>हेर्नुहोस यी सुन्दरीलाई महाशाखाको ठगी हेर्ने शाखाका अधिकारी सामु उनले पोखरेलले बुनेको ठगीको सबै तानाबाना खोलिन्===>>>> "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives