zzzzzzzzतपाईको कोठामा कोइ भागेर आएको मान्छे त बसेको छैन ? ४. कुनै कम्पनिबाट भागेका मान्छे लाइ कुनै व्यक्तिले शरण दिएर राख्नु कतारी कानुन अनुशार अपराध मानिन्छ ! त्यस्ता अपराधी हरुलाई अत्यन्तै कडा कार्वाही गरिने छ ! अपराधी लाइ शरण दिने व्यतीहरुलाइ कतारको दण्ड संहितामा राखी २ बर्ष कैद या १० हजार कतारी रियल जरिवाना या दुवै हुन सक्छ !===>>>>

Posted by Anonymous on | 0 comments


कतारमा गर्नुहुने सम्पूर्ण नेपाली सम्पूर्ण नेपाली दाजु भाइ तथा दिदीबहिनी हरुलाई के सुचित गराईन्छ भने हालै कतारमा नया नियम परिवर्तन भए संगै कतारमा धेरै कानुन हरु कडा गाराइने भएको छ जस तल उल्लेख गरिएका नियमहरुको पालना गर्न गर्नु पर्ने हुन्छ ! हुन त यो नियम कतारका राजाले नया राजकीय पद सम्हाल लगत्तै केहि कानुन हरुपनि परिमार्जन गरिएको थियो तर त्यति प्रभावकारी ढंगले लागु भएको थिएन ! १.कुनैपनि व्यक्तिले बैधानिक रुपमै कतारमा बसिरहेको छु भन्ने प्रमाणको लागि कतार सरकार बाट दिइएको कतारी आई डी बोक्न अत्यन्तै जरुरि छ, सो नबोकेको खण्डमा कुनै कतारी प्राधिकारी हरुले भेट्दा कतारी रियल १० हजार सम्म जरिवाना हुन सक्ने ब्यबस्था भएको छ ! २. यदी कुनै कामदार लाइ कुनै कम्पनीले शर्त अनुशार र कतारको कानुन अनुशार को ब्यबस्ता मिलाउन सक्दैन, कानुन उल्लंघन गरेर कामदारलाइ चपेटमा परेको छ र कामदार बाध्य भएर काम छोडी सरकार कहाँ सिकायत गर्न गएमा कतारको प्रचलीत कानुन ४/२००९ द्वारा उक्त कम्पनीलाई कार्वाही गरि अर्को कम्पनीमा काम गर्न पाउने वातावरण पनी सृजना गरिदिने छ ! ३. कुनैपनी व्यक्तिले व्यक्तिगत गाडीलाई सवारीमुलक गाडीको रुपमा प्रयोग गर्नु त्यो कतारको प्रचलित कानुन अनुशार स्पस्ट गैरकानुनी हो. सो कार्य गरेको खण्डमा कतारी प्रचलित कानुन ४/२००९ अनुशार जरिवाना धेरै वा थोरै व्यक्तिको क्रियाकलाप या उसको उद्दश्य हेरेर गरिने छ ! ४. कुनै कम्पनिबाट भागेका मान्छे लाइ कुनै व्यक्तिले शरण दिएर राख्नु कतारी कानुन अनुशार अपराध मानिन्छ ! त्यस्ता अपराधी हरुलाई अत्यन्तै कडा कार्वाही गरिने छ ! अपराधी लाइ शरण दिने व्यतीहरुलाइ कतारको दण्ड संहितामा राखी २ बर्ष कैद या १० हजार कतारी रियल जरिवाना या दुवै हुन सक्छ ! ५. कुनैपनी व्यक्तिले अफ्नो कम्पनीको काम बाहेक अरु अफ्नो व्यक्तिगत काम गर्न पाउने छैन. जस्तै सार्वजनिक अथवा कुनै बाटोमा आफ्नो व्यक्तिगत सामान बिक्रि वितरण गर्नु कतारी नियम अनुशार अपराध हो ! यो कतार अवासी कानुन ४/२००९ उच्छेद ११ उल्लंघन भएकोले उसलाई सोहि अनुशारको कारवाही हुने छ ! ६. कम्पनीको सम्बन्धित व्यक्तिले घर जना दिएन अथवा देश छोडी गएको छ र अफ्नो प्रतिनिधित्व गर्ने कुनै व्यक्ति छैन भने शर्च एण्ड फलो अप डिपार्टमेन्ट ले व्यक्तिको आधारभूत अध्यन गरि अवास्थाई अथवा स्थाई रुपमै देश छोडी जाने अनुमती दिने छ ! ७. कुनै कारण वश कम्पनि छोडी भागेको व्यक्ति स्वैच्छिक आत्मसमर्पण गर्दछ भने उक्त व्यक्तिलाई नजरबन्दमा नराखी सम्पूर्ण प्रक्रिया पुरा गरेर अफ्नो देश फिर्ता गराईन छ ! ८. यदी कुनै व्यक्ति फराहर व्यक्तिको बारेमा उजुरी लेखाउन आउछभने उक्ति व्यक्तिलाई पहिले गिरिफ्तार नगरेरै उसको अध्यन गरिने छ र धेरै ठुलो जरिवाना को सट्टा उनीहरुलाई मिलेर बस्ने वातारवरण मिलाईदिने छ !!

0 comments for " zzzzzzzzतपाईको कोठामा कोइ भागेर आएको मान्छे त बसेको छैन ? ४. कुनै कम्पनिबाट भागेका मान्छे लाइ कुनै व्यक्तिले शरण दिएर राख्नु कतारी कानुन अनुशार अपराध मानिन्छ ! त्यस्ता अपराधी हरुलाई अत्यन्तै कडा कार्वाही गरिने छ ! अपराधी लाइ शरण दिने व्यतीहरुलाइ कतारको दण्ड संहितामा राखी २ बर्ष कैद या १० हजार कतारी रियल जरिवाना या दुवै हुन सक्छ !===>>>> "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives