~~~दुबैमा सवारी लाइसन निकालने सोचमा हुनुहुन्छ भने यी कुराहरुमा विचार गर्नुहोस ! यदि तपाई १८ बर्ष पुरा गरिसक्नु भएको छ भने दुबैमा लाइसनको लागि अपलाई गर्न सक्नु हुने छ ! तपाईको जिज्ञासा हामी दुवैमा काम गर्दै गरेका ड्राइभरहरुलाइ सोधेरनै तयार परेको छौं ! प्रश्न सोध्न सक्नु हुन्छ हामी सक्दो उत्तर दिने प्रयास गर्ने छौं !???>>..
Posted by Anonymous on | 0 comments
दुबैमा सवारी लाइसन निकालने सोचमा हुनुहुन्छ भने यी कुराहरुमा विचार गर्नुहोस ! यदि तपाई १८ बर्ष पुरा गरिसक्नु भएको छ भने दुबैमा लाइसनको लागि अपलाई गर्न सक्नु हुने छ ! युएइ सरकार द्वारा मान्यता प्राप्त ड्राइभिङ स्कुल बाट सवारी साधन चलाउन सिकेर तपाईले आफ्नो लाइसनको लागि अपलाई गर्न सक्नु हुन्छ ! मापदण्ड: यदि तपाईले कहिलै गाडी चलाउनु भएको छैन भने तपाईले पुरा कोर्स लिउन आवस्यक छ ! आवस्यक कागजात पासपोर्ट र एक प्रति पासपोर्ट कपि, कम्पनि बाट NOC नो अब्जेक्सन सर्टिफिकेट र ८ प्रति फोटो दुबैमा मान्यता प्राप्त ड्राइभीङ स्कुल हरु Al Ahli Driving School- 04-3411500 (10 branches) Belhasa Driving School - 04-3243535 (18 branches) Dubai Driving Center- 04-3455855 (13 branches) Emirates Driving Institute- 04-2631100 (53 branches/mall counters) Galadari Driving School- 04-2676166 (14 branches)तरिका आइ टेस्ट (आखाँ छेक गर्नुहोस) चाहे ड्राइभीङ स्कुल या त नजिकैको अप्टिसियन बाट गर्न सक्नु हुन्छ ! तपाईको सम्पूर्ण गगाजपत्र ड्राइभीङ स्कुलले बनाई दिने छ RTA लागि ड्राइभीङ स्कुलको काउन्टरमा सोध्नुहोला ! तपाईलाइ एउटा अस्थाई लाइसन दिइनेछ जुन ड्राइभीङ सिक्दा साथमा बोकेर हिड्नु पर्ने हुन्छ ! जव तपाई सम्पूर्ण आन्तरी टेस्ट पास गर्नु हुन्छ जस्तै ग्यारेज पार्किंग आदि, तपाईको ड्राइभीङ स्कुलले मौखिक परिक्षन लागि अपलाई गरिदिन्छ जुन रोड टेस्ट पछि हुन्छ !! लेखित+मौखिक परिक्षा- Theory test Theory test को लागि ५ ओटा मान्यता प्राप्त ड्राइभीङ स्कुलले लिउने गर्दछ! Theory test को लागि आउदा आफ्नो ड्राइभीङ फाइल, २ ओटा हालसालै खिचिएको फोटो र तपाईको आइडि लगेर जान नभुल्नु होला! Theory test RTA fee Dh200 लाग्ने छ! जम्मा ३५ ओटा प्रश्न सोधिने छन् जसमा रोड, सिग्नल, हाजार्ड र सूचना मुलक चिन्हहरु सम्बन्धित प्रश्नहरु रहेको हुने छन् ! प्रश्न अग्रेजी भाषा, अरबी अथवा उर्दु भाषामा सोधिने हुदा तपाईलाइ जुन सजिलो लाग्छ त्यै भासमा उत्तर लेख्न सक्नु हुन्छ ! परिक्षर्थि जसलाई कम्प्युटरको स्क्रिनमा लेखेको पढ्न आउदैन र कम्प्युटर सम्बन्धि केहिकुरा पनि थाहा छैन त्यस्ता परिक्षर्थिहरुलाई मौखिक रुममा प्रश्न सोधिने व्यवस्था रहेको छ ! पहिलो चरणको १७ ओटा प्रश्नमा सामान्य ट्राफिक संकेतलाइ फोकस गरेर प्रश्न बनाईएको हुन्छ जुन परिक्षर्थिले ११ ओटा मिलाउनै पर्ने हुन्छ ! सोश्रो चरणको १८ ओटा प्रश्नमा ड्राइभीङ पेशा, ड्राइभीङ लाइसनस लाइ मध्यनजर गरेर सोधिएको हुन्छ जसमा पास हुनलाई १२ ओटा प्रश्नको उत्तर मिलाएकै हुनु पर्ने हुन्छ ! रोड टेस्ट – Road Test जुन दिन तपाईलाइ रोड टेस्टको लागि बोलाइन्छ, तपाईले आफ्नो पासपोर्ट, ड्राइभीङ फाइल, २ प्रति फोटो RTA लिएर जानु होला ! तपाईले एउटा रोड टेस्टको फारम भर्नु पर्ने हुन्छ जुन Dh200 शुल्क लाग्छ ! जब तपाईको नाम बोलाइन्छ सबै कागजपत्र लगेर तपाईको इन्स्ट्रक्टर संग सवारी भित्र प्रवेश गर्नुहोस ! तपाइलाई आफ्नो ड्राइभीङ सिप देखाउनको लागि केहि मिनेटको मात्र समय दिइन्छ ! यदी फेल भएमा: फेरी अर्को पटक स्कुलमा ७ दिने क्लास लिएर मात्र फेरी अर्को पटक रोड टेस्टको फारम भर्न पाउनु हुने छ ! यदि पास भएमा: आफ्नो इन्स्पेक्टर बाट सम्पूर्ण पास भएको कागज पत्र लिएर प्रेश काउन्टरमा बुझाउनुहोस ! आवस्यक शुल्क तिरेर कन्ट्रोल काउन्टरमा फोटो खिच्ने लाइनमा बस्नुहोस ! जव तपाईको नाम बोलाइन्छ फोटो खिच्न जानुहोस ! केहि मिनेट पछी तपाईले आफ्नो दुवै ड्राइभीङ लाइसन प्राप्त गर्न सक्नु हुन्छ ! याद राख्नुहोस दुवैको ट्राफिक नियम नेपालको जस्तो फितलो छैन बर्ष भरि कमाएको पैसाले एउटा नियम उल्लङ्घन गर्दा तिर्न पुग्दैन ! ट्राफिक सम्बन्धि कानुन एकदमै कडा छ सधै आफुले सिटबेल्ट लगाएर मात्र सवारी साधन चलाउने बानि बसाल्नु होला ! आफु पनि बच्नुहोला र अरुलाई पनि बचाउनु होला ! तपाईको यात्रा सफल रहोस हाम्रो यो लेख मन परे कृपया एक पटक सेयर गर्नुहोला श्रोत: GulfAct

You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for " ~~~दुबैमा सवारी लाइसन निकालने सोचमा हुनुहुन्छ भने यी कुराहरुमा विचार गर्नुहोस ! यदि तपाई १८ बर्ष पुरा गरिसक्नु भएको छ भने दुबैमा लाइसनको लागि अपलाई गर्न सक्नु हुने छ ! तपाईको जिज्ञासा हामी दुवैमा काम गर्दै गरेका ड्राइभरहरुलाइ सोधेरनै तयार परेको छौं ! प्रश्न सोध्न सक्नु हुन्छ हामी सक्दो उत्तर दिने प्रयास गर्ने छौं !???>>.. "
Leave a reply