======राहदानीको नवीकरण शुल्क घटाइने : प्रधानमन्त्री,,,>>>>>>>
Posted by Anonymous on | 0 comments
काठमाडौँ, २ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशका काम गर्ने नेपालीले आर्जन गरेको अनुभव र पुँजी नेपालको विकासका लागि आधारशिला भएको बताउनुभएको छ । ‘दसौँ विश्व भविष्य ऊर्जा सम्मेलन’मा भाग लिन संयुक्त अरब इमिरेट्स (युएई) पुग्नुभएका प्रधानमन्त्री दाहालले अबुधाबीस्थित नेपाली दूतावासमा आज भएको अन्तक्र्रिया कार्यक्रममा विदेशमा नेपाली कामदारले बगाएको पसिनाको सदुपयोग होस् भन्नेमा सरकार सचेत छ भन्नुभयो ।
प्रधानमन्त्री दाहालले राजनीतिक रुपमा राष्ट्रिय एकताका लागि संविधान कार्यान्वयन, आर्थिक रुपमा पूर्वाधार निर्माण र समृद्धिमा सरकारले जोड दिएको बताउनुभएको उहाँको निजी सचिवालयले जनाएको छ । उहाँले राष्ट्रिय सहमति बनाएर संविधान कार्यान्वयन गर्नेमा सरकार दृढ रहेको उल्लेख गर्नुभयो ।ऊर्जा सम्मेलनबारे प्रधानमन्त्रीले भन्नुभयो, “हामीले वैदेशिक रोजगारीबाट आएको पुँजीलाई विकास आयोजनामा केन्द्रित गर्न खोजेका छौ, म विकासका कामलाई केन्द्रमा राखेर विकासका आयोजनाको अनुगमन गरिरहेको छु ।”
ब्लड मनी(हत्या क्षतिपूर्ति), राहदानीको नवीकरण शुल्क घटाउने लगायत महत्वपूर्ण विषयमा सरकारले काम गरिरहेको जानकारी दिँदै प्रधानमन्त्रीले विदेशमा रहेको नेपालीका समस्या कूटनीतिक र राजनीतिक तवरले सम्बोधन गर्न सरकार लागिपरेको विश्वास दिलाउनुभएको सचिवालयले जनाएको छ ।
भेटमा ऊर्जामन्त्री जनार्दन शर्मा, परराष्ट्र सचिव शङ्करदास वैरागी, युएइका लागि नेपाली कावा राजदूत नेत्रबहादुर टन्डन, शिष्टाचार महापाल दीपक अधिकारीलगायत सहभागी हुनुहुन्थ्यो ।

You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for " ======राहदानीको नवीकरण शुल्क घटाइने : प्रधानमन्त्री,,,>>>>>>> "
Leave a reply