====यमबुद्धले आत्महत्या गरेको होईन भन्दै र्‍यापर गिरिष खतिवडाले खोले मृत्युको सम्भावित कारण (भिडियोसहित)>>>>..

Posted by Anonymous on | 0 comments


र्‍यापर गिरिष खतिवडाले यमबुद्धले कुनै पनि हालतमा आत्महत्या गर्नै नसक्ने बताएका छन् । उनको मृत्युको खबर सुने लगतै भावुक र निराश बनेका खतिवडाले सामाजिक संजाल युट्युबमा एक भिडियो संदेश जारी गर्दै उनको मृत्युको कारण रसायन वा मादक पदार्थको प्रभाव हुनसक्ने आशंका व्यक्त गरेका छन् । र्‍यापको दुनियाँमा यमबुद्धको नामले चर्चित अनिल अधिकारीले शनिवार लन्डनमा आत्माहत्या गरेको खबरहरु सार्बजनिक भएका थिए । र्‍यापर खतिवडाले सुरुमा आफुले यो खबर बिश्वास नगरेको र मिडियाले जे पनि लेख्छ भन्ने सोचेको बताएका छन् । ‘‘म फुट्छु तर झुक्दिनँ’ भनेर गाउने मान्छेले आत्मा हत्या गर्न नसक्ने उनको भनाई थियो। उनले बिगतमा उम्बुद्धले आफुसंग भएका कुराकानी पनि भिडियोमा सम्झेका छन् । ‘दाइ, वर्ल्ड टुर हान्नु पर्छ–वर्षको ३६५ दिनमा कम्तीमा पनि ३ सय वटा शहरमा । यसो गर्न पाए, एक लाखको हिसाबले पनि एक वर्षमा ३ करोड ल्याउन सक्छौं दाइ’, उनी त्यस्तो व्यवसायीक दिमाग भएका मानिस हुन् । निकै प्रेरित मानिस हुन् । सधैं अघि बढ्नुपर्छ भन्ने मानिस हुन् उनी । त्यसैले मलाई विश्वास नै लागिरहेको छैन,’ उनले भने । हेर्नुस निक्कै नै भावुक र्‍यापर गिरिष खतिवडाको भिडियो ।

0 comments for " ====यमबुद्धले आत्महत्या गरेको होईन भन्दै र्‍यापर गिरिष खतिवडाले खोले मृत्युको सम्भावित कारण (भिडियोसहित)>>>>.. "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives