===प्रेमिकाका लागि ७० वर्षीयले श्रीमतीको शरिर एसिडमा गलाए, यस्तो थियो हालत>>>>>

Posted by Anonymous on | 0 comments


विवाहेत्तर सम्बन्ध र पैसाका लागि मानिसले केसम्म गर्न सक्छन् भन्ने कुराको यहाँ प्रमाण छ । चीनका ७० वर्षे क्लास एन्ड्रेसले आफ्नी ४२ वर्षीया श्रीमती पिंग कैयोलाई जसरी हत्या गरे त्यो थाहा पाउँदा मानिसहरु चकित मात्र भएनन् ती श्रीमानलाई घृणासमेत गर्न थाले । सन् २०११ अक्टोबरमा एन्ड्रेसले आफ्नी श्रीमती हराएको रिपोर्ट दर्ता गराएका थिए । उनले पुलिसलाई आफ्नी श्रीमतीको अन्य पुरुषसँग सम्बन्ध रहेको आशंका भएको जसका कारण झगडा भएपछि उनीहरु उनी घरबाट निस्किएको बताएका थिए । पुलिसले यसबारे सबैलाई जानकारी दिनका लागि आयोजना गरेको पत्रकार सम्मेलनमा एन्ड्रेसले उक्त कार्यक्रममा हाँसिरहेको र मानिसहरुसँग ठट्टा गरिरहेपछि पुलिसले उनीमाथि शंका गर्न थालेको थियो । त्यसको केही दिन पछि एक बच्चाकी आमा लि पिंगको नक्कली दाँत उनको घरको नालीमा भेटियो । पुलिसले यसबारे कडा सोधपुछ गर्दा उनले आफ्नो अपराधको पर्दाफास गरिदिए । उनले श्रीमती लि पिंगको हत्या गरेर शवलाई एसिडमा गलाइदिएको जानकारी दिए । उनको शरिरको प्रत्येक भाग एसिडमा बिलिन भए – १० वटा नक्कली दाँतबाहेक । यस्तो भएको थियो शवको हालत निकै पहिले बनाएका थिए योजनाः श्रीमतीको हत्या गरेको दिन एन्ड्रेसले नजिकैको पसलबाट ४० लिटर एसिड खरिद गरेको सीसीटीभी फुटेजमार्फत पुलिसले जानकारी लिए । पुलिसले भन्यो, ‘त्यसदिन मात्र उनले एसिड खरिद गरेका थिएनन् त्यसको धेरै दिनदेखि उनले एसिड खरिद गरिरहेका थिए । उनले जम्मा ६० लिटर एसिड खरिद गरेको देखिएको छ जुन वास्तवमा निकै धेरै हो ।’

0 comments for " ===प्रेमिकाका लागि ७० वर्षीयले श्रीमतीको शरिर एसिडमा गलाए, यस्तो थियो हालत>>>>> "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives