~~दिपिका पादुकोणले छाडेका तीन खान अभिनित सबै फिल्म ब्लकबस्टर,,,,!!!!!>>>

Posted by Anonymous on | 0 comments




एजेन्सी, हलिउडको यात्रामा गरिरहेकी बलिउडकी चर्चित नायिका दिपिका पादुकोणले बलिउडमा थुप्रै हिट फिल्म दिइसकेकी छिन् । तर उनै नायिका पादुकोणले आफ्नो फिल्मी करियरमा यस्ता चलचित्रलाई नकारेकी छिन् जुन बर्षकै चर्चितको साथमा बक्स अफिसमा सकेत सफल भएको थियो ।
बलिउडका तीन खानसँग काम गर्ने इच्क्षा सबै नायिकामा हुन्छ तर दिपिकाले उनै तीन खानको चर्चित फिल्मलाई छोडेकी थिइन । सुल्तान (२०१६) सुल्तानले २०१६मा ब्यपारीकरुपमा बक्स अफिसमा तहल्का मचाएको थियो । यस फिल्ममा अभिनेत्री अनुष्का शर्माले महिला रेसलरको भुमिका निर्वाह गरेकी थिइन् । अनुष्काले निभाएको भुमिकाले वाहवाही पाएको थियो । तर अनुष्कालाई भन्दा पहिले यस भुमिकाकोलागि  दिपिका पादुकोणलाई अफर गरिएको थियो ।
दिपिकाले फिल्ममा काम गर्न नमाने पछि अनुष्काले सो फिल्ममा काम गरेकी थिइन । प्रेम रतन धन पायो (२०१५) सलमान खान र सोनम कपूर अभिनित ‘प्रेम रतन धन पायो’मा सोनम कपुरको भुमिकाकोलागि दिपिकालाई अफर गरिएको थियो ।तर दिपिकाले सलमानको फिल्मलाई छोडेर रणवीर सिंहसंग ‘बाजीराव मस्तानी’मा काम गरिन । किक (२०१४)दिपिका पादुकोणले सलमानको तीन फिल्मलाई नकारेकी थिइन ।
जुनमा पर्दछ बर्षकै हिट चलचित्र किक । जसमा जैकलिनको भुमिकाकोलागि दीपीकालाई अफर गरिएको थियो । दिपिकाले नमाने पछि जैकलिन सो फिल्ममा  अनुबन्धित भएकी थिइन । धुम –३ (२०१३) सुपरहिट फिल्म धुम–३ मा नायिका कैटरीना कैफ भन्दा अगाडी दिपिकालाई भनिएको थियो । आफु ब्यस्त रहेको भन्दै उनले आमिर खान अभिनित चलचित्र गर्न मानिन् ।
जब तक है जान (२०१२) यश चोपडाको अन्तिम फिल्म ‘जब तक है जान ’मा कैटरिनाको भुमिकाको लागी दीपीकालाई अफर गरिएको थियो । फास्ट एण्ड फ्युरियस (२०१५) दीपीकाले हलीउड फिल्म ‘फास्ट एण्ड फ्यूरियस ७ ’लाई छोडेर शाहरुखको चलचित्र ‘चेन्नाई एक्सप्रेस’मा रोजेकी थिइन । चेन्नाई एक्सप्रेस हिट भएको थियो । यता दीपीकाले हलिउड कलाकार वीन डीजलसंग ‘फास्ट एण्ड फ्युरियस ७’ नगरे पनि फिल्म ‘ट्रिपल एक्स ः द रिर्टन अफ जेडर केज’बाट डेव्यु गर्दे छिन्

0 comments for " ~~दिपिका पादुकोणले छाडेका तीन खान अभिनित सबै फिल्म ब्लकबस्टर,,,,!!!!!>>> "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives