~~##*****जोरपाटीको प्रहरी बिटमा स्थानीयको आक्रमण, १० प्रहरी घाइते : आठ राउण्ड हवाई फायर....!!>>>???

Posted by Anonymous on | 0 comments


 काठमाडौंः जोरपाटीको महानगरीय प्रहरी बिट नयाँबस्तीमा स्थानीयले आक्रमण गर्दा १० जनाभन्दा बढी प्रहरी घाइते भएका छन् ।

प्रहरीले पक्राउ गरेका ट्याक्सी चालक राजु लामाको मृत्यु भएको भन्दै आक्रोशित स्थानीयवासीले प्रहरी बिटमाथि आक्रमण गरेका हुन्। आक्रोशित भिडले प्रहरी बिटमा आक्रमण गर्दा दुई तले भवनमा पूर्ण क्षति पुगेको छ ।


प्रहरीले मादक पदार्थ सेवन गरेर ट्याक्सी चलाएको आरोपमा चालक लामालाई प्रकाउ गरेको थियो । पक्राउपछि प्रहरीको कुटपिटले लामाको मृत्यु भएको भन्दै स्थानीयवासी प्रहरीविरुद्ध खनिएका हुन् । प्रहरीले भने अत्याधिक रक्सी पिएका लामालाई उपचारका लागि अस्पताल लाने क्रममा मृत्यु भएको बताएको छ । आक्रोशित भिडले प्रहरी बिटमा पाक्दै गरेको खानासमेत फालिदिएका छन् ।

स्थानीयवासीको भिड अचानक प्रहरी बिटमा छिरेर प्रहरीमाथि कुटपिट सुरु गरेको थियो । स्थानीयवासीकै पहलमा स्थापना भएको प्रहरी बिटमा असई विद्याधर चौधरीको नेतृत्वमा सातजना मात्र प्रहरी थिए ।

स्थानीयवासीको आक्रमणबाट प्रहरी सई सन्दीप नापितको नाक भाँचिएको छ । हवल्दार कृष्णहरि बजगाईंलाई भने स्थानीयवासीले पेट्रोल छर्किएर आगजनीको प्रयास गरेका थिए ।

बजगाईंले अन्नपूर्णसँग भने, ‘अचानक सयौँको संख्यामा आएको स्थानीयवासीको भिडले आक्रमण गरेपछि हामीलाई ज्यान जोगाउनै कठिन भयो ।’ आक्रमण सुरु भएपछि केही प्रहरीले झ्यालबाट हाम फालेर ज्यान जोगाएको बजगाईंले बताए ।

स्थानीयले आक्रमणले उग्र रुप लिएपछि घटनास्थलमा पुगेका अन्य प्रहरीले स्थिति नियन्त्रणमा लिन आठ राउण्ड हवाई फायर समेत गर्नु परेको छ । अहिले भने प्रहरीले चौकी कब्जामा लिएको छ । प्रहरी चौकी आक्रमणमा संलग्न भएको आरोपमा १६ जना पक्राउ परेका छन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

चौकीभित्र राखिएका पाँच वटा मोटरसाइकलमा पेट्रोल छर्किएर आगो लगाएका छन् । सबै मोटरसाइकल ध्वस्त भएका छन्

0 comments for " ~~##*****जोरपाटीको प्रहरी बिटमा स्थानीयको आक्रमण, १० प्रहरी घाइते : आठ राउण्ड हवाई फायर....!!>>>??? "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives