~सावधान सावधान ! अब कण्डम नलगाएर यौनसम्पर्क गरे लाग्नेछ यो खतरनाक रोग त्यसैले बेलैमा बिचार पुराउनुहोस,,,,>>???

Posted by Anonymous on | 0 comments


एजेन्सी । सामान्यता सन्तान जन्माउनका लागि पुरुष र महिलाले यौनसम्पर्क राख्ने गर्छन् ।त्यसबाहेक आजकलका केटाकेटीले विहे नगरेरै यौनसम्पर्क गर्ने गरेका छन् । तर, भर्खरै पत्ता लागेको एक खतरनाक रोगको मुख्य कारण यौनसम्पर्क नै भेटिएको छ ।
यो रोगको भाइरस शरीरमा प्रवेश गरे जीवनभर बच्चा नहुने र भइहाले पनि तुरुन्तै मृत्यु हुने देखिएको छ । यसको नाम हो जिका भाइरस । यसलाई सुरुमा लामखुट्टेको टोकाइबाट सर्ने भनिएपनि लामो समयसम्म गरिएको अध्ययनबाट यौनसम्पर्कबाट तुरुन्तै सरेको पाइएको हो ।अमेरिकाको टेक्सस राज्यका स्वास्थ्य अधिकारीहरुले मंगलबार एकजना महिला बिरामीमा सम्भोगका कारण जिका भाइरस सरेको देखिएको बताएका छन् । डलास काउन्टी हेल्थ एण्ड ह्युमन सर्भिस डिर्पाटमेन्टका अनुसार भेनुजुयलाबाट आएका एक पुरुषसँग यौनसम्पर्क राखेपछि ती बिरामीमा जिका भाइरस सरेको देखिएको हो ।
सम्भोगका कारण पनि जिका भाइरस सरेको भेटिएपछि यसले रोग नियन्त्रणमा थप जटिलता थपेको चिकित्सकहरुले बताएका छन् । डाक्टर विलियम स्याटनरले भने– ‘यसले जिका रोकथाममा नयाँ कुरा बाहिर ल्याइदिएको छ ।’ सम्भोगबाट पनि जिका भाइरस सरेको भेटिएपछि स्वास्थ्य अधिकारीहरुले लामखुट्टेबाट बच्नुका साथै सुरक्षित यौनसम्पर्क गर्न मानिसहरुलाई सुझाव दिएका छन् ।
उनीहरुले गर्भवती महिलालाई पुरुष शुक्राणुको सम्पर्कमा नआउन पनि सुझाव दिएका छन् । अघिल्लो हप्ता बेलायतका अधिकारीहरुले जिका फैलिरहेका देशबाट फर्केका पुरुषले शारीरिक सम्पर्कका बेला अनिवार्य रुपमा कन्डम प्रयोग गर्न सुझाव दिएका थिए । अमेरिकाको रेडक्रसले जिका फैलिरहेका देशबाट फर्केका मानिसलाई २८ दिनसम्म रक्तदान नगर्न भनेको छ ।
यो रोग लागेमा ज्वरो आउने लगायतका लक्षण देखिन्छन् । क्यारेबियन र ल्याटिनी अमेरिकी देशमा जिकाको संक्रमण बढीरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । यो रोगको भाइरस तीव्र रुपमा विश्वभर फैलिएपछि धेरै देशमा उच्च सतर्कता अपनाइएको छ । साथै दम्पत्तिहरुमा त्रास पनि बढेको छ ।

0 comments for " ~सावधान सावधान ! अब कण्डम नलगाएर यौनसम्पर्क गरे लाग्नेछ यो खतरनाक रोग त्यसैले बेलैमा बिचार पुराउनुहोस,,,,>>??? "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives