====समाचारको हेडलाइनमा भन्दा बाहिर मैले मेरो अर्धनग्न शरीर देखेको छैन : ज्योति मगर (भिडियो सहित>>>>?????

Posted by Anonymous on | 0 comments


मिडिया एनपी, काठमाडौं । पञ्चिम नेपालबाट लोक गीत गाएर नेपाली सांगीतिक क्षेत्रमा आएकी एउटी गायिकाको नाम हो – ज्योति मगर । ‘उहि मुलाको सिन्की, उहि मुलाको चाना’, ‘जिम्मल बाउकी छोरी’ लगायतका केहि चर्चित गीतमा आवाज भरेकी ज्योतिले सांगीतिक यात्राको सुरुवातमा आफूलाई स्रोता अथवा कम्पनिले नपत्याउने हुनाले आफ्ना गीत नाम चलेका गायिकालाई गाउन लगाएर साँगीतिक जीवनको सुरुवात गरेकी हुन् । स्वर राम्रो भएर पनि गायिका ज्योतिले आफूलाई गायिकाका रुपमा भन्दा धेरै मोडलका रुपमा समाजमा स्थापित गरिन् । गायन जीवनको सुरुवातमा कम्पनिले नपत्याएर आफ्ना गीत पनि नाम चलेका गायिकालाई गाउन दिएकी ज्योतिलाई मोडल बनेपछि भने खोज्ने कम्पनिको लर्को लाग्यो । सुरुमा आफूले गाएको गीतमा आफैं अभिनय गरौंन त भन्ने सोच लिएर अभिनयमा लागेकी ज्योतिलाई त्यसपछि अभिनयको अफर आउन थाल्यो । ज्योतिले अभिनय गरेका केहि गीत हिट भएपछि उनलाई नियाली रहेका निर्देशक शंकर बिसीले अभिनयको अफर गरे । उनले अफर गरेको गीत ‘ढाडे बिरालो’ थियो । उक्त गीतमा अभिनय गरेपछि सुरु भयो गायिका ज्योतिको खण्डनको दिन । यो गीतमा अभिनय गरेपछि गायिका मगरको जताततै आलोचना भयो । लोक गीतसंगीतबाट गायनमा आएकी गायिकाको काँधमा आफ्नो देशको संस्कृतिलाई चिनाउने थियो । तर, उनले संस्कृति बोकेका चाडपर्वका गीतमा झण्डै अर्धनग्न हिसावमा अभिनय गरिन । यसमा गल्ती उनलाई अभिनय गराउने निर्देशक निर्माताको पनि थियो । तर, खण्डन भयो उनको मात्रै । खण्डन मात्रै भएन उनलाई पुराना लोक गायक रामप्रसाद खनालले त निलो फिल्म खेल्न सुुझाए । उनीहरुको एक प्रकारको दोहोरी नै पर्यो सामाजिक सञ्जालमा । यस्ता खालका खण्डनले पनि उनलाई छोएन । उनी अरुले जे भनेपनि आफूलाई कुनै असर नगर्ने बताउँछिन् । उनी आफ्नै प्रतिभाले आफू सांगीतिक क्षेत्रमा आएकाले कसैले दबाएर आफू नदब्ने बताउँछिन् । अभिनय गरेर आफू धेरै चर्चामा आएपनि आफ्नो असली क्षमता गायन भएकाले भविष्यमा आफू गायनमा नै रहने ज्योति बताउँछिन् । कतिपय ठाउँमा ड्रेसका कारण स्टेज कार्यक्रममा जाँदा ज्योतिमाथि दर्शकदीर्घाबाट हमला भएका खबरहरु पनि सार्वजनिक भए । तर, यस्ता सबैखाले आलोचनाको खण्डन गर्छिन । आफूलाई सबैले माया गरेको बताउने ज्योति आफ्नो आलोचना गर्ने मान्छेहरु फेसबुकमा मात्रै भएको तर समाजमा नभएको जिकीर गर्छिन । उनले आफ्नो अर्धनग्न शरीर पनि समाचारका हेडलाइनमा मात्रै देखेको आफूले शरिरका कुनै अंग प्रदर्शन नगरेको ज्योतिको भनाइ छ । आफू पनि एक सामाजिक प्राणी भएको र बाँच्न यहि समाज चाहिने भएकाले समाजले चाहे जति मात्रै दिएको ज्योतिको दाबी छ । उनीसँग पनि एउटा सुन्दर परिवारको कल्पना छ । एउटा सुन्दर घर, सुन्दर परिवार, कला क्षेत्रलाई बुुझेको श्रीमान, काममा निस्कनदिने सासुु ससूरा र बच्चाको कल्पनामा रमाउने ज्योतिलाई आज समाजमा देखिएको प्रतिकृयाले भोलिको जीवनमा कुनै असर नगर्ने बताउँछिन् । ज्योतिलाई आफूभित्र राम्रो मानवता भएकाले त्यो मानवताले सबैलाई जित्छ र आफू निरन्तर आजको जस्तै जीवन भोलि पनि बाँच्ने विश्वास छ ।

0 comments for " ====समाचारको हेडलाइनमा भन्दा बाहिर मैले मेरो अर्धनग्न शरीर देखेको छैन : ज्योति मगर (भिडियो सहित>>>>????? "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives