======५० जनाको सुरक्षा टोलीले समेत मार्न सकेन मानवबस्तीमा पसेको चितुवा हेर्नुहोस यो अनौठो ताजा खबर,,,,!!!!???
Posted by Anonymous on | 0 comments
बैतडी, १० मंसिर - नरभक्षी चितुवाले मानवबस्ती पसेर मानिसमाथि आक्रमण गर्न थालेपछि बैतडीको तल्लोस्वराडमा चितुवा मार्नका लागि खटाइएको प्रहरी टोली चितुवा मार्न नसकी फिर्ता भएको छ।
तल्लोस्वराडको उदयदेवमा गएको भदौ महिनामा चितुवाको आक्रमणले दुई बालिकाको ज्यान लिएपछि जिल्ला सुरक्षा समितिको आकस्मिक बैठकले चितुवालाई मार्ने निर्णय गरेको थियो।
भदौ १९ गते जिल्ला प्रशासन कार्यालयमा बसेको सुरक्षा समितिको आकस्मिक बैठकले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ९९४० बमोजिम नरभक्षी चितुवालाई मार्नका लागि तत्काल हतियारसहित नेपाल प्रहरी खटाउने निर्णय गरेको थियो। सोही निर्णयबमोजिम १५ जना प्रहरीको टोली प्रभावित क्षेत्रमा खटाएको हो।
दङ्गा नियन्त्रण कार्यालय कञ्चनपुरबाट आएको ३५ जनाको टोली पनि बिहीबार कञ्चनपुर फर्केको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। बैतडीको तल्लोस्वराडमा २०६८ सालदेखि हालसम्म २२ जनाको चितुवाको आक्रमणवाट ज्यान गएको छ।
प्रभावित क्षेत्रमा खटाइएको टोलीले उदयदेव गाविसका विभिन्न क्षेत्रमा खोजी गरेपनि चितुवा नभेटिएपछि टोली फिर्ता भएको प्रमुख जिल्ला अधिकारी किशोरकुमार चौधरीले जानकारी दिए।

You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for " ======५० जनाको सुरक्षा टोलीले समेत मार्न सकेन मानवबस्तीमा पसेको चितुवा हेर्नुहोस यो अनौठो ताजा खबर,,,,!!!!??? "
Leave a reply