~भारतमा पाँच सय र हजारको नोट प्रतिबन्ध लगाउन कसले दिएका थिए मोदीलाई सुझाव? चारै तिर मोदीको चर्चा चलेपनि भित्रि खेलाडी यी हुन् जसले पुरै भारत मात्र होइन बिश्वमा खलबली ल्याइदिए ,,,,!!!==>>
Posted by Anonymous on | 0 comments
काठमाडौं २५ कार्तिक – प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार राती पाँच सय र हजारको नोटमा प्रतिबन्ध लगाउने घोषणा गरेको केही मिनेटमै पुरै भारत अस्तब्यस्त बन्यो। मोदीको यस निर्णयको देशभित्र निकै स्वागत भएको छ। त्यसैले अहिले सबैको मनमा एउटा कौतुहलता बनेको छ, मोदीले अचानक यति कडा निर्णय गरे कसरी? आखिर उनलाई यस्तो काम गर्न कसले सल्लाह दिएका होलान्?
धेरैलाई थाहा नहुन सक्छ, मोदीले पाँच सय र हजारको नोट प्रतिबन्ध लगाउने निर्णय गर्नुअघि ८ महिनादेखि गृहकार्य सुरु गरेका थिए। उनीसहित यो अभियान ६ जनालाई मात्र थाहा थियो। मोदी बाहेक यो योजनाको विषयमा अर्थमन्त्री अरुण जेटली, सचिव नृपेन्द्र मिश्रा, पूर्व तथा वर्तमान रिर्जभ बैंक अफ इन्डियाका गर्वनर, अर्थसचिव अशोक लवास र आर्थिकमामिलाका सचिव शक्तिकान्त दासलाई मात्र जानकारी थियो।
योजनाको गोप्यता भंग हुनसक्ने अवस्थामा यी पदाधिकारीलाई सुरुमै उनीहरू राष्ट्रिय सुरक्षा अधिकारीको निगरानीमा रहेको जानकारी दिइएको थियो। वास्तवमा मोदीलाई पाँच सय र हजारको नोट प्रतिबन्ध लगाउने उपाय औरंगाबादका एक मेकानिकल इन्जिनियर अनिल बोकिलले बताएका थिए।
बोकिल मुम्बईको पूणेस्थित अर्थक्रान्ति संस्थाका महत्वपूर्ण सदस्य हुन्। उनले नै मोदी गुजरातको मुख्यमन्त्री हुँदा भारतमा बढ्दो नक्कली रुपैयाँ र कालो धनमाथि नियन्त्रण राख्न ५ सय र एक हजार रुपैयाँमाथि प्रतिबन्ध लगाउनु पर्ने सुझाव दिएका थिए। मुख्यमन्त्री हुँदा बोकिलको प्रस्तुती हेर्न मोदीले ९ मिनेटको समय दिएका थिए।
तर, उनको प्रस्तुती देखेपछि मोदी २ घन्टासँगै बसेका थिए। त्यतिबेलै मोदीले बोकिलसँग सम्पूर्ण कागजपत्र मागेर लगेका थिए। त्यतिबेला बोकिलको तर्क थियो, करिब २० रुपैयाँमा जिविकोपार्जन गर्ने करौडौ भारतीयका लागि पाँच सय र हजारको नोटको अर्थ र महत्व कम छ।
लामो समयदेखि आर्थिक पारदर्शीताको मुद्धामा जनमत बनाउँदै आइरहेका बोकिलले भारतीय कांग्रेसका उपाध्यक्ष राहुल गान्धीलाई पनि प्रस्तुती दिन निम्त्याएका थिए। तर, त्यतिबेला राहुलले उनलाई १५ सेकेन्डको मात्र समय दिएका थिए। सेतो पाटि बाट

You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for " ~भारतमा पाँच सय र हजारको नोट प्रतिबन्ध लगाउन कसले दिएका थिए मोदीलाई सुझाव? चारै तिर मोदीको चर्चा चलेपनि भित्रि खेलाडी यी हुन् जसले पुरै भारत मात्र होइन बिश्वमा खलबली ल्याइदिए ,,,,!!!==>> "
Leave a reply