- ड्रग्स खादै गर्दा दिदीबहिनीसहित ६ युवायुवती जंगलबाट रंगेहात पक्राउ.. हेर्नुहोस्.. (भिडियो सहित )..

Posted by News NP on | 0 comments


राजविराज, लागुऔषधसहित ६ युवालाई सप्तरीको सप्तकोसी नगरपालिकास्थित रक्तमाला सामुदायिक वनबाट प्रहरीले आज पक्राउ गरेको छ ।


पक्राउ पर्नेमा उदयपुर नगरपालिका–४ का ३६ वर्षीय आशिष मगर, सोही नगरपालिका बस्ने १८ वर्षीय अभिषेक पौडेल, १९ वर्षीय विक्रम राई, कास्की जिल्लाकी २२ वर्षीया इशा केसी र १८ वर्षीया बहिनी उपासना केसी रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

तीन जनालाई सामुदायिक वनभित्र गस्तीमा रहेको प्रहरीको टोलीले लागुऔषध सेवन गर्दै गरेको अवस्थामा पक्राउ गरेको हो भने बाँकी तीन जनालाई सप्तकोसी–१ का हेमन्त राईका घरमा लुकाइएको लागुऔषधसहित पक्राउ गरिएको प्रहरी निरीक्षक गौरव महतले बताउनुभयो । राईलाई समेत पक्राउ गरिएको छ ।

अभियुक्तलाई अवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको प्रहरीले जनाएको छ । रासस

0 comments for " - ड्रग्स खादै गर्दा दिदीबहिनीसहित ६ युवायुवती जंगलबाट रंगेहात पक्राउ.. हेर्नुहोस्.. (भिडियो सहित ).. "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives