-पहिलो सम्भोगका बेला के गर्ने के नगर्ने ? डा. सुबोधकुमार पोखरेल
Posted by News NP on | 0 comments
स्वास्थ्य खबरपत्रिका
पहिलो सम्भोगका बेला स्त्रीले आफूलाई तनावमुक्त पारेर शरीरलाई सहज अवस्थामा छाडिदिनुपर्छ । यसो गरिएमा लिंगको प्रवेश योनिभित्र सरल रुपमा हुन्छ । योनिमा घाउ हुने सम्भावना पनि हुँदैन । यसरी स्त्रीले प्रथम सम्भोग पीडा भोग्नु पर्दैन । सबै स्त्रीको योनीको बनावट एकसमान हुँदैन । अतः पुरुषले सम्भोगक्रिडाका दौरानमा औंलाबाट छामेर स्त्रीको योनिको बनोट थाहा पाउनुपर्छ । कौमार्य झिल्ली छ वा छैन, छ भने कस्तो किसिमको छ ? यो जानकारी योनीमा लिंग प्रवेश गराउने बेला सहायक हुन्छ । कुनै पनि स्त्रीले रात्री वा दिनको प्रकाशमा प्रथम सम्भोग गराउदा मन पराउँदिनन् ।योनिमा एक प्रकारको जाली रहेको हुन्छ, त्यसैलाई कौमार्ग झिल्ली भनिन्छ । यदि त्यो झिल्ली च्यातिसकेको भए पुरुषले स्त्रीलाई कुमारी नरहेको शङ्का गर्न थाल्दछ । जाली सुरक्षित भएको खण्डमा ऊ आफ्नो श्रीमती वा यौन साथी कुमारी नै छन् भन्ने सन्तोष गर्छ । तर यो धारण राख्नु ठूलो भ्रम हो । यो जाली विवाहभन्दा पहिला विनासम्भोग पनि फाट्न सक्छ । खेल्दा, नृत्य गर्दा, साइकल चढ्दा, चोटपटक लाग्दा पनि जाली स्वतः च्यातिन सक्छ । त्यसैले जालीको धारणबाट नारीलाई पवित्र वा अपवित्रको संज्ञा दिन मिल्दैन । पहिलो सम्भोगमा वा योनिच्छेदन च्यातिएमा स्त्रीलाई पीडा र रक्तस्राव हुन्छ । केही समयपछि पीडा कम हुन्छ र रक्तस्राव स्वतः बन्द हुन्छ । विवाहपछि पहिलो सम्भोग सुहागरातमा गर्नैपर्छ भन्ने अनिवार्यता छैन । अनुकुल परिस्थिती र स्त्रीको सहयोग पाएमा पहिलो, दोस्रो वा तेस्रो रात्रीमा सम्भोग गर्न सकिन्छ । तर सम्भोग आनन्ददायी होस् भन्ने कुरातर्फ ध्यान पु¥याउनुपर्छ ।
डा. सुबोधकुमार पोखरेल, वरिष्ठ यौनरोग बिशेषज्ञ
You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for " -पहिलो सम्भोगका बेला के गर्ने के नगर्ने ? डा. सुबोधकुमार पोखरेल "
Leave a reply