-बाबुलाई रुखमा बाँधेरे छोरीमाथि सामूहिक बलात्कार

Posted by News NP on | 0 comments


एजेन्सी । भारतको आदमपुरस्थित एक गाँउमा एक युवतीमाथि सामूहिक बलात्कार भएको सार्वजनिक भएको छ । पीडितले प्रहरीमा लेखाएको रिपोर्टअनुसार बाबुलाई रुखमा बाँधेर एक युवतीमाथि सामूहिक बलात्कार भएको हो ।


यो आपराधिक घटना वारदात आदमपुर क्षेत्रस्थित एक गाउँको जंगलमा २६ डिसेम्बरको दिन भएपनि पीडितले प्रहरीमा रिपोर्ट लेखाएपछि मात्रै सार्वजनिक भएको हो । युवती आफ्ना बाबुसँग खेतमा घाँस काटिरहेका बेला आएको समूहले पेस्तोल देखाएर युवतीमाथि जबरजस्ती गरेका हुन् ।
उक्त कार्यको उनका बाबुले प्रतिकार गर्न खोजेपछि उनलाई रुखमा बाँधेर युवतीको मुखमा कपडा खाँदेर सामुहिक बलात्कार गरेका थिए ।
उनका बाबुले ठूलो स्वरमा सहयोगको अपील गरेपछि उनीहरु मार्ने धम्की दिँदै फरार भएका थिए । घटनाबारे रिपोर्ट लेख्न गएका उनीहरुलाई प्रहरीले घटना नक्कली भएको भन्दै जाहेरी लिन अस्वीकार गरेको थियो ।

0 comments for " -बाबुलाई रुखमा बाँधेरे छोरीमाथि सामूहिक बलात्कार "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives