-Breking News..काठमाडौंको गोंगबुमा पुरुषको शव भेटियो

Posted by hawa sansar on | 0 comments


३ असार, काठमाडौं । काठमाडौंको गोंगबुमा एक पुरुषको शव फेला परेको छ । गोंगबुको सडकमा अन्दाजी ४५ वर्षीय सुकमान गुरुङको शव फेला परेको हो । प्रहरीका अनुसार उनी कास्की निवासी हुन् ।

death-file-photo


उनको मृत्युको कारण भने नखुलेको महाराजगञ्ज वृत्तका प्रहरी नायव उपरीक्षक विश्वमणि पोख्रेलले जानकारी दिए । प्रहरीले घटना शंकास्पद भएको भन्दै शव परीक्षणका लागि महाराजगञ्जस्थित त्रिबि शिक्षण अस्पताल लगिएको छ ।

अस्पतालका कर्मचारी मृत फेला

यसैबीच जिल्ला अस्पताल डोटीका एक कर्मचारी मृत अवस्थामा फेला परेका छन् । अस्पतालका ल्याब टेक्निसियन अधिकृत भिमप्रसाद पौडेलले जानकारी दिए ।

बिहीबार दिनभर कार्यालयमा नआएका उनी राति साढे ८ बजे मृत फेला परेका थिए ।

बाँकेको कोहलपुर निवासी पौडेल २० वर्ष अघिदेखि डोटी जिल्ला अस्पतालमा कार्यरत थिए ।

0 comments for " -Breking News..काठमाडौंको गोंगबुमा पुरुषको शव भेटियो "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives