Breking News -अब नेपाली युवा विदेश जानु नपर्ने हेर्नुहोस्.. नेपाल सरकारको सूचना.!!! (भिडियो सहित )..
Posted by News NP on | 0 comments
भक्तपुरः उद्योग मन्त्री सोमप्रसाद पाण्डेले दश वर्ष भित्रमा युवा शक्ति नभएर युवाले उत्पादन गरेका सामाग्री विदेश निर्यात गर्ने तयारीमा वर्तमान सरकार लागेको बताएका छन् ।
रफत संचार क्लबले मंगलबार गरेको साक्षात्कार कार्यक्रममा मन्त्री पाण्डेले भने, ‘अब युवा विदेश जानुपर्दैन् । युवाले उत्पादन गरेका सामाग्री विदेश निर्यात हुन्छन् ।'
पाण्डेले मुलुकको सबै प्रदेशमा औद्योगिक क्षेत्रको निर्माण गरी नेपाली उत्पादनलाई प्राथामिकता दिँदै नेपालमै रोजगारीको वातावरण निर्माण गर्ने दाबी गरे । उनले युवालाई विदेश होइन उनीहरुले उत्पादन गरेको वस्तु विदेश पठाउन देश सफल हुने समेत बताए ।
पछिल्लो समयमा सबै राजनीतिक दलको प्रमुख एजेन्डा भएको पाण्डेको भनाइ छ ।
उनले दलहरुको एजेन्डा आर्थिक भएकाले अब औद्योगिक विकासमा सरकार लागि पर्ने बताए । उनले भने, ‘देशलाई आर्थिक समृद्धि तर्फ लान औद्योगिक विकासबिना सम्भव छैन् । वर्तमान सरकार अब औद्योगिक विकासमा केन्द्रित छ।'
सात प्रदेशमा औद्योगिक क्षेत्र निर्माणको लागि जग्गा अधिग्रहण कार्य भइरहेको भन्दै मन्त्री पाण्डेले १ नं. प्रदेशको झापामा बन्ने औद्योगिक क्षेत्रको विकाशको लागि लगानी गर्न चीन र कोरिया तयार रहेको उल्लेख गरे ।
सात प्रदेशमा बिस्ता हुन लागेका औद्योगिक क्षेत्रमा नेपालमा उत्पादित कच्चा पदार्थबाट निर्माण हुने वस्तुहरुलाई पहिलो सूचीमा राखेको बताउँदै पाण्डेले भने, ‘हस्तकलाबाट निर्मित वस्तुको प्र्रबद्र्धन गर्दैै बुहुराष्ट्रिय कम्पनीको लगानीलाई समेत समेट्दै औद्योगिक क्षेत्रको बिस्तारमा सरकार अघि बढेको छ ।'
सरकार परिवर्तन हल्ला मात्र
मन्त्री पाण्डेले सरकार परिवर्तनतको बिषय हल्ला मात्र भएको बताएका छन् । पाण्डले भने, सरकार परिवर्तन २०७४ माघसम्म कसैले चाहेर पनि परिवर्तन हुँदैन् । सरकार परिवर्तन गर्नुपरे संविधान नै संसोधन गर्नुपर्छ ।'
संविधानको धारा २ सय ९८ अनुसार सरकार बनेकाले गठबन्धनको एक दल मात्र बाहिरे पनि देशमा संवैधानिक संकट आउन सक्ने मन्त्री पाण्डेल बताए ।

You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for " Breking News -अब नेपाली युवा विदेश जानु नपर्ने हेर्नुहोस्.. नेपाल सरकारको सूचना.!!! (भिडियो सहित ).. "
Leave a reply