बाबुरामको नयाँ शक्ति नेपालको सपथ, ‘म, जे बोल्छु, त्यही गर्नेछु’
Posted by News NP on | 0 comments
काठमाडौं: नयाँ शक्ति नेपाल पार्टी घोषणासँगै संयोजक डा.बाबुराम भट्टराईले नयाँ सदस्यहरुलाई सपथग्रहण गराएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार एक कार्यक्रममा डा.भट्टराईले लिखित सपथ पढ्दै उपस्थित पार्टीका सदस्यहरुलाई सपथ खुवाएका हुन् । हेर्नुहोस् नयाँ शक्तिको सपथभट्टराईले सपथमा के छ?
१. म, (……) नयाँ शक्ति नेपालको सदस्य भएकोमा गर्व गर्दछु । यही गर्वका साथ म मेरो देश, शहीदहरु, नेपाली जनता र यसको गौरवशाली इतिहासलाई साक्षी राख्दै निम्न प्रतिज्ञा गर्दछु।
२. म, नेपाली जनताको लोकतन्त्र, संघीयता, समृद्धि, विकास र सामाजिक न्यायको सपनालाई पूरा गर्न वचनवद्ध छु ।
३. म, आफ्नै जीवनकालमा समृद्ध नेपाल निर्माण गर्न सम्भव छ भन्ने विश्वास राख्दछु ।
४. म, सबै नेपाली जनताको समान पहिचान र स्वामित्व सहितको स्वाधीन, समृद्ध, समानुपातिक रसमावेशीर सहभागितामूलक लोकतन्त्र र समुन्नत समाजवाद निर्माणकालागि क्रियाशील रहनेछु ।
५. म, जीनवनभर सुशासन, सदाचार, मानवीय मूल्य र गरिमा बृद्धिका लागि लागिरहनेछु ।
६. म, कहिल्यै सार्वजनिक हितलाई कुण्ठित गर्ने छैन र निजी स्वार्थका लागि राजनीति गर्ने छैन ।
७. म, सधैं श्रमको सम्मान गर्नेछु ।
८. म, जे बोल्छु, त्यही गर्नेछु र सधैं सकारात्मक सोंच राख्नेछु ।
९. म, नयाँ शक्ति नेपाललाई एक वैकल्पिक राजनीतिक पार्टीको रुपमा विकास गर्दै यसको लक्ष्य र उद्देश्य प्राप्त गर्न निरन्तर क्रियाशील रहनेछु ।
१०. नयाँ शक्ति नेपाल, जिन्दावाद !


You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for " बाबुरामको नयाँ शक्ति नेपालको सपथ, ‘म, जे बोल्छु, त्यही गर्नेछु’ "
Leave a reply