-के हो हेपाटाइटिस ? जन्डिसका बेला यौन सम्पर्क गर्न हुन्छ कि हुन्न जानी राखौ –

Posted by News NP on | 0 comments


हेपाटाइटिस रोग एक किसिमको कलेजो सुन्निने रोग हे यो रोग भाइरसद्वारा कलेजोमा सक्रमण हुने सरुवा रोगको रुपमा पनि पहिचान गरिएको छ । हेपाटाइटिस रोग भाइरसको कारणले मात्र नभएर विषाक्त पदार्थको प्रयोग जस्तै मदिरासेवनले गर्दा पनि हुने हुन्छ ।

त्यस्तै यो रोग खाना, पानी तथा यो रोगबाट सङ्क्रमित व्यक्तिसँगको सीधा सम्पर्कबाट अर्को व्यक्तिमा सर्दछ । हजारौं मानिसहरू यो रोगबाट सङ्क्रमित भएको पाइएको छ । सङ्क्रमणपछि लक्षण देखा पर्न लाग्ने प्रारम्भिक अवस्था खासगरी २ देखि ६ हप्ताको हुन्छ भने औसत प्रारम्भिक अवस्था धेरैजसो २८ दिनको हुन्छ । यो रोग विशेष गरिकन बच्चाहरूमा बढी लाग्ने गरेको पाइन्छ । पेट दुख्ने, थकान, ज्वरो आउने, खाना नरुच्ने, वाकवाकी लाग्ने, कमलपित्त, गाढा पहेंलो रङको पिसाब, माटो रङको बिष्टा आदि यो रोगको लक्षण हो । यो रोगबाट सङ्क्रमित व्यक्तिहरूले भरसक बोसोयुक्त खाना र मदिरासेवन गर्नुहुँदैन भने सन्तुलित खाना खाने र प्रशस्त मात्रामा पानी पिउने गर्नुपर्दछ रोग एड्सभन्दा पनि खतरनाक हुन्छ भन्दा फरक नपर्ला ।

 नेपालमा यो रोगबाट हजारौं मानिसहरू सङ्क्रमित हुन पुगेका छन् । सङ्क्रमित व्यक्तिबाट रगत, शरीरको तरल पदार्थ जस्तैस् वीर्य, यौन सम्पर्क आदिबाट अरू व्यक्तिमा सर्दछ । यसबाहेक स्तनपान, डायलिसिस, एक्युपञ्चर, टाटु, समुद्री यात्रा गर्नेहरूबाट पनि सरेको पाइन्छ । यसको सङ्क्रमणलाई कम गर्न सकिएन भने यसले विकराल रूप लिन सक्छ । यो रोग लागे तापनि यस रोगबाट सङ्क्रमित मानिसले अरू साधारण मानिसहरूको जस्तै जीवन व्यतित गर्न सक्दछ तर कति हेपाटाइटिस सी सङ्क्रमित मानिसहरूमा यो रोग बढेर कलेजो नै नष्ट हुने गरेको पनि पाइएको छ । 

रक्तदान गर्ने मानिसहरूमा पनि यसको सम्भावना बढी भएको पाइन्छ । कडाखालको हेपाटाइटिस सीको सङ्क्रमण हुँदा खासै लक्षणहरू नदेखिने पनि हुन्छ तर कोही कोही व्यक्तिहरूमा भने थकान, पेट दुख्ने, वाकवाकी लाग्ने, खाना नरुच्ने, शरीर पहेंलो हुने, गाढा खैरो र अयबि र·को पिसाब हुने पाइएको छ । कडा हेपाटाइटिस सी हुँदा पेट खुट्टा र कति व्यक्तिहरूमा त पूरै शरीर नै सुनिने, थकान हुने, सुत्न गार्‍हो हुने, वाकवाकी लाग्दा मुखबाट रगत निस्कने, मानसिक तनाव आदि लक्षणहरू देखा पर्दछन् ।

 यो रोग निरुपणको लागि कलेजो विशेषज्ञसँग परामर्श लिई उपचार गराउन जरुरी छ । कलेजो विशेषज्ञहरूको परामर्शबिना कुनै पनि औषधि खान हुँदैन अन्यथा रोग झन् झन् बिग्रेर जान सक्दछ । अन्तिम अवस्थाका कलेजो रोगीहरूले भने कलेजो प्रत्यारोपण नै गराउने मात्र उपाय हुन सक्दछ । भने कलेजोको सङ्क्रमण हुँदा कलेजोको क्यान्सरको सम्भावना पनि बढी हुन्छ ।

0 comments for " -के हो हेपाटाइटिस ? जन्डिसका बेला यौन सम्पर्क गर्न हुन्छ कि हुन्न जानी राखौ – "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives