- खुशीको खबर अस्ट्रेलियामा पनि खुल्यो लेबर कामदारको लागि नेपालीलाई ढोका ... पुरा समाचार पढ्नुहोस्
Posted by News NP on | 0 comments
प्रवासमा नेपाली राजनीतिको रन्को लागेको बेला सिड्नीमा एक हुल नेपालीहरू अस्ट्रेलियन राजनीतिलाई केन्द्रिबिन्दु बनाएर अगाडि बढ्ने भएका छन्।
सिड्नीको नर्थसोरमा बस्ने नेपालीहरुले अस्ट्रेलियन प्रमुख राजनीतिक दल लेबर पार्टीकी सांसद तथा छाया नागरिक तथा बहुसांस्कृतिक मन्त्री मिसेल रोल्यान्डलाई भेटी समसामयीक समस्या बारे छलफल चलाए।
लेबर सांसद मिसेलले नेपाली समुदायको तारिफ गर्दै बहुल सांस्कृतिक समुदाय रहेको अस्ट्रेलियामा नेपालीहरु हरेक क्षेत्रमा फैलिदै गएको बताइन्।
लेबर पार्टीकै महत्वपूर्ण नेतृ रहेकी मीसेलले नेपाली समुदायसँग जोडिएका हरेक खाले बिषय लेबरका लागि महत्वपूर्ण रहेको बताइन्। नेपालमा पछिल्लो समयमा गएको प्राकृतिक बिपत्तीमा अस्ट्रेलिया र लेबरकोतर्फबाट आवश्यक सहयोगको पहल भएको बताउँदै मिसेलले आगामी दिनमा पनि नेपाली समुदायका लागि लेबरको ढोका खुल्ला रहेको बताइन्।
उनले पछिल्लो पटक नेपाली प्रतिनिधि मण्डलले स्थानीय समस्या र प्रवेशाज्ञा लिन दिल्ली जानु पर्ने झन्झटका बारेमा लेबरका नेतालाई जानकारी गराएको थियो। लेबरका मिसेल लगायत अन्य नेताहरुले अस्ट्रेलियाको भिसाका बारेमा चासो देखाएका थिए। मिसेलले अर्को सातानै लेबर पार्टीको पाँच सदस्यीय टोलीले नेपालको भ्रमण गर्ने कार्यक्रम रहेको बताइन्। जसमा लेबरका प्रभावशाली नेताले संयोजन गर्ने उनले बताइन्।
कार्यक्रममा लेबरका स्थानीय नेता हरिस भेलजीले नेपाली समुदाय मिहिनेती र पौरखी समाजका रुपमा परिचित रहेको बताए।
कार्यक्रममा चर्चित मुटु रोग बिशेषज्ञ कुमुद धितालले मिसेललाई नेपालको रहन सहन , भौगोलिक वातावरण र खानपीनका बारेमा मिसेललाई जानकारी गराएका थिए। सानै भएपनि नेपाली समुदायको आग्रहमा लेबरको छाया मन्त्री तथा सांसद आएर हाम्रो आवाज सुनिदीनु महत्वपूर्ण विषय रहेको बताए।
मुटुको प्रत्यापरोणका कारण विश्वमै चिनिएका डाक्टर धितालले नेपाली समाजको पहिचान महत्वपूर्ण हुँदैजाँदा स्थानीय राजनीति र दलले पनि भुमिका खोज्नु स्वभाविक रहेको बताए।
चाहे जुनै दलमा लागेपनि नेपाली समाजको हितका लागि सरकारसम्म आवाज पुर्याउने माध्यम बनाउन सके यसले नेपाली समाजको हित गर्ने कुरा कार्यक्रमका संयोजक तथा लेबरका कार्यकर्ता प्रेम सापकोटाले बताए।
कार्यक्रममा जन सम्पर्क समितिका अध्यक्ष कृष्ण गिरी, एनआरएन ग्लोबल सदस्य भुमा लिम्बु , सुदिप कार्की लगायतले भिन्न सन्दर्भमा आआफ्ना भनाइ राखेका थिए।

You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for " - खुशीको खबर अस्ट्रेलियामा पनि खुल्यो लेबर कामदारको लागि नेपालीलाई ढोका ... पुरा समाचार पढ्नुहोस् "
Leave a reply