-एसएसपी खरेल राष्ट्रसंघको उच्च पदमा

Posted by News NP on | 0 comments


जेठ 
नेपाल प्रहरीका ‘हिरो’का  चर्चित एसएसपी रमेश खरेल संयुक्त राष्ट्र संघको उच्च पदमा नियुक्त भएका छन् । संयुक्त राष्ट्र संघको शान्ति मिसनअन्र्तगत उनी अफ्रिकी मुलुक सुडानको डार्फरमा प्रोफेसनल(पि–४) तहमा नियुक्त भएका हुन् । 

ग्लोबल भ्याकेन्सीमा प्रतिस्पर्धा गरी उनले उक्त अवसर पाएका हुन् । शान्ति मिसनमा पि–४ उच्च तहको पद हो । जसमा नेपाल प्रहरीका थोरै अधिकारी मात्र सफल भएका छन् । अर्का एसएसपी पुष्कर कार्की पनि हाल सोही पदमा अर्काे अफ्रिका मुलुक लाइबेरियामा कार्यरत छन् । 

राष्ट्रसंघमा पि–४ तहमा काम गर्ने अधिकारीको तलब करिब २० लाख रुपैयाँ हुन्छ । खरेल १ वर्षका लागि उक्त पदमा नियुक्त भएका हुन् । 

शान्ति मिसनमा खटिनुअघि एसएसपी खरेलले एक अनलाइनमा दिएको अन्र्तवार्तामा आफु नेपाल प्रहरीको आईजीपी बनेर छाड्ने बताएका छन् । करिब तीन वर्षपछि खरेलकै ब्याचीमध्येबाट एक आईजीपी हुनेछन् । जसमा एसएसपी सर्वेन्द्र खनाल, एसएसपी पुष्कर कार्की, एसएसपी राजेन्द्रमान श्रेष्ठ समेत प्रतिस्पर्धी छन् ।

0 comments for " -एसएसपी खरेल राष्ट्रसंघको उच्च पदमा "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives